मुड राम्रो बनाउन प्रशंसा

काठमाडौ, वैशाख १६ - आफ्नो जीवनसाथीको मुड राम्रो बनाउन एउटा कम्पिलमेन्ट (प्रशंसोक्ति) नै काफी छ । साथीको मुड बनाउन महँगो उपहार वा अरू यावत् कुरा दिनु पुराना जमानाका कुरा भए ।

स्पार्कल अन क्याम्पेन अन्तर्गत भएको अनुसन्धान अनुसार, तपाईँका जीवनसाथी वा साथीको खुसी वास्तवमा ससाना कुरामा अल्झिएको हुन्छ । बेलायतमा २५ वर्षदेखि ४५ वर्ष उमेर समूहका १ हजार ५६ महिलामा गरिएको सर्वेक्षणपछि वैज्ञानिकहरू  यो निष्कर्षमा पुगेका हुन् ।

सर्वेक्षणमा संलग्न महिलामध्ये ६४ प्रतिशतले मौसम राम्रो भए उनीहरूको मुड समेत राम्रो हुने बताएका थिए । करिब ४१ प्रतिशतभन्दा बढीले राम्रो प्रशंसा वा कम्प्लिमेन्ट वा टेक्स्ट म्यासेजले उनीहरूको मुड राम्रो हुने बताए ।

अर्को अनुसन्धानमा बोर हुने व्यक्तिहरूले कार्यालयमा फ्लर्ट गर्ने दाबी गरिएको छ ।


बेलायतको सर्रे विश्वविद्यालयका मनोवैज्ञानिकको एउटा टोलीले सर्वेक्षणपछि यो तथ्य पत्ता लगाएका हुन् । सर्वेक्षणमा, कार्यालयमा फ्लर्ट गर्ने व्यक्तिहरू आफ्नो कामप्रति निकै कम सन्तुष्ट रहेको पाइयो ।

यसपछि यही अनुसन्धानको फलोअप गर्दा, कार्यालयमा फ्लर्ट गर्ने मानिसमा भावनात्मक बुद्घमित्ताको कमी रहेको समेत देखियो । यस्ता व्यक्ति अर्काको भावनालाई अपेक्षित रूपमा बुझ्दैनन् वा बुझ्न खोज्दैनन् ।

अर्को अनुसन्धान अनुसार, यही कुरो महिलाको हकमा भने उल्टो हुन्छ । अर्थात्, जुन महिला कामको समय फ्लर्ट गर्छन्, उनीहरू आपmनो कामप्रति धेरै खुसी हुन्छन्, सन्तुष्ट हुन्छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out