बन्दैछन् आठवटा सेक्सी सिनेमा

 आखिर जुन कुराको डर थियो –हाम्रो सिनेमा त्यही बाटोमा अघि बढ्न थालेको छ । समिक्षकले औंल्याएजस्तो ‘लुट’पछि उस्तै शैली र विन्यासका सिनेमा बन्ने खतरातर्फ हामी अघि बढिरहेका छौं । यसको अर्थ –यौन र हिंसाका कन्टेन्ट बेच्ने डरलाग्दो बाटो । जसलाई बेचेर ‘लुट’ र ‘चपली हाइट’ले आफूलाई व्लकबस्टर तुल्याए । यतिबेला उहि शैलीका एकदर्जन सिनेमा निर्माणको क्रममा छन् ।

यादव सिलवाल एनि टाइम मस्तीको संक्षिप्त रुपको सिनेमा ‘एटीएम’ निर्देशन गर्दैछन् । यसको अर्थ हो, पैसा र सेक्सले उत्पादन गरेको हिंसात्मक मनोविज्ञान । यो सिनेमाको हिरोइनका लागि ‘चपली हाइट’ हिरोइन विनिता बराललाई एप्रोच गरिएको थियो, सम्भवतः उनले अस्वीकार गरेको हुनसक्छिन् ।
अर्को एक सिनेमा बन्दैछ ‘मेमोरी कार्ड’ । यौन भिडियोको विम्व बनेको मेमोरी कार्ड सेक्स कन्टेन्ट हो ।

‘मिस यू’ निर्देशक सुरेशदर्पण पोखरेल एउटा वास्तविक घटनालाई लिएर ‘कल गर्ल’ निर्देशन गर्दैछन् । रिसर्च भैरहेको उनले बताए । अन्तराष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरि निर्माण गर्न लागिएको उनले बताए । टाइटलले नै सेक्सको सामाजिक मनोविज्ञानलाई चित्रित गर्छ । अर्को एक सिनेमा ‘ब्ल्याक नाइट’ बन्दैछ । कालो रातमा हुने सेक्स र अपराध यसको कथानक हो ।

पोर्न फिल्मको बात लागेको ‘द लास्ट किस’ यस्तै अर्को एक सिनेमा हो । बीबी फुयाँल निर्देशित सिनेमाको ट्रेलर र पोस्टरले सेक्स कन्टेन्ट बेच्न खोजेको छ । निर्देशक केपी पाठक सेक्स कन्टेन्टमै रहेर ‘रेड मार्केट’ बनाउँदैछन् । समिक्षकहरू नेपाली सिनेमाको मनोविज्ञान भीड र हिंसात्मक समाजले निर्देशित रहेको बताउँछन् । निर्देशक विजयविक्रम बस्नेतले सेक्समा आधारित सिनेमा बनाउँदैछन् । यी त प्रकाशमा आएका कुरा हुन्, अप्रकाशित नामहरूको सूचि लामो हुनसक्छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out