चलचित्र मायाज वारको कथा पनि नहेरी निर्देशक दिनेश डि.सिलाई विश्वास गरेका निर्माता तथा वितरक सुनिल मानन्धर अहिले दिक्क छन्। उनी दिक्क हुनुको एउटै कारण हो सिनेमाको वजेट सोचेको भन्दा धेरै लागेको छ । छायांकनमै ७० लाख माथि वजेट पुगेपछि उनी छक्कमात्र परेका छैनन् निर्देशक दिनेश डि.सिसँग पनि केही असन्तुष्ट देखिएका छन् । अनलाइनखबरसंग उनले भने,’वजेट सोचेको भन्दा धेरै नै लागेको छ यसले अप्ठ्यारो भने वनाएको छ ।’ तर, उनले दिनेश र आफ्नो सम्वन्ध विग्रीएको भन्ने खवरलाई भने ईन्कार गरेका छन् । सिनेमा क्षेत्र भित्र मित्रता टुटाउनका लागि विभिन्न किसिमका कुरा काट्दै हिडिन्छ, अहिले त्यही भएको छ ।
दिनेश जि र म विचमा कुनै विवाद छैन, सुनिलले स्पष्ट पारेका छन् । सिनेमा क्षेत्र भित्र सम्वन्ध टुटाउनका लागी आ-आफ्नै पाराले कुरा गर्दै हिड्ने परिपाटी रहेको भन्दै उनले अहिले दिनेश जि र म विचमा पनि यस्तै कुरा आएको वताए । उनले, चलचित्र मायाज वार पछि नायिका निशा अधिकारीलाई निर्देशकको रुपमा लिने छनक समेत देखाएका छन् । अमेरिकामा निर्देशन सम्वन्धि तीन महिने कोर्ष गरेर नेपाल आएकी निशासँग सुनिलले सिनेमा गर्ने सोच वनाएका छन् । निशासँग कुरा भइसकेको छ, यदि उनी तयार भइन भने भने सन् २०१३ मा नयाँ सिनेमा वनाउँछु उसकै निर्देशनमा, सुनिलले भनेका छन् ।
निशाले निर्देशन गर्ने नयाँ चलचित्रको कथा पनि स्वयंम नायिका अधिकारीले नै लेख्ने छिन् । मायाज वारको छायांकनको क्रममा निशालाई सुनिलले निर्देशनको लागि प्रस्ताव गरेका थिए । निशाले यो प्रस्तावलाई सकारात्मक रुपमा लिएकी पनि छिन् । यसरी, निर्देशक दिनेश डि.सिलाई विश्वास गरेर मायाज वार वनाउदै गरेका सुनिल वजेट धेरै नै वढि भएपछि चिन्तित भने रहेका छन् । नेपाली सिनेमामा चर्चित वितरक समेत रहेका सुनिले यसअघि दिदी भाई नामक सिनेमा पनि आफ्नै लगानीमा वनाएका थिए ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago