"काम पाउन नाङ्गिन्नँ"

मुम्बई (एजेन्सी), चैत्र २७ - हुन त सलमान खानको कृपा नै मान्नुपर्छ, जरिन खानले फिल्म खेल्न पाउनुमा । कटि्रना कैफले उनलाई प्रेममा हावा खुवाइदिएपछि रनाहामा परेका सलमानले त्यस्तै रूपकी लाग्ने जरिनलाई खोजेर आफूसँगै 'वीर' मा खेलाएका थिए । तर दुई वर्षपछि बल्ल उनको अर्को फिल्म 'हाउसफुल २' प्रदर्शनमा आएको छ । बीचमा उनै सलमानले 'रेडी' का लागि 'क्यारेक्टर ढिला है' भन्दै नचाएका थिए ।
फिल्ममा पातलो उपस्थितिलाई भने २७ वषर्ीया नायिकाले खण्डन गर्न खोजेकी छन् । आफू संख्यामा भन्दा गुणमा विश्वास गर्ने दर्शन दिने क्रममा भनिन्, 'फेरि मलाई शरीरका कपडा फुकालेकै भरमा फिल्म पाउनु पनि छैन, खेल्नु पनि छैन ।' तर उनले जतिसुकै ठूला कुरा गरे पनि पहिलो फिल्ममै सलमानकी एक्ली नायिका बन्ने सौभाग्य पाएकी यिनी त्यसपछि खासै जम्न सकिनन् । उल्टै भन्छिन्, 'मेरो जीवन एकदमै अव्यवस्थित छ । यति हुँदाहुँदै पनि म खराब फिल्म खेल्नु हुन्न भन्नेमा सचेत छु । बरु थोरै नै होस्, गतिलामा काम गर्न पाइयोस् । फिल्म खेल्नकै लागि नाङ्गिन्नँ पनि ।'
सलमानलाई आफ्नो 'गड फादर' मान्ने जरिन पछिल्लो समय उनले फेरि कटि्रनासँग सम्बन्ध सुधारेपछि भने पाखा लागेकी हुन् । पहिलो फिल्म फ्लप भए पनि 'हाउसफुल २' ले भने सुरुवातमा राम्रो व्यापार गरेपछि भने जरिनले अब फिल्म पाउनकै लागि कपडा फुकालिहाल्नु नपर्ला कि ? तर मल्टिस्टारर उक्त फिल्मले बरु उनलाई कत्तिको क्रेडिट दिने हो ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out