रेखाका श्रीमानले सिनेमाबाट सन्यास लिदैं

रेखाका श्रीमान भन्दा पनि निर्माताका रुपमा नेपाली सिनेमा क्षेत्रमा पहिचान बनाएका छवि ओझा राजेश हमालदेखि रेखा थापासम्मलाई यो क्षेत्रमा ल्याउने निर्माता हुन् ।

तर, छवि आजकल त्यति उर्जावान छैनन् । यहाँसम्मकी छविले सिनेमा क्षेत्रबाटै सन्यास लिने योजना बुनिरहेका छन् । ‘रावण’ रिलीज भएपछि विस्तारै सन्यासको बाटो रोज्छु होला’- अनलाइनखवरसँग उनले भने-’सिनेमाबाट सन्यास लिएर अरु नै व्यसाय गर्ने सोंचमा पुगेको छु ।’

सिने उद्योग छाडेर कुन व्यवसाय गर्न लागेको भन्नेबारे छवि त्यति खुल्न चाहेनन् । छविकै भनाई मान्ने हो भने सन्यास लिन खोज्नुको कारण ‘पारिवारिक’ हो । ‘अव सिनेमा वनाउन छोडेर पारिवारिक पाटोमा लाग्नेछु ।’ छविले भने- ‘अव निरन्तर सिनेमा वनाउँदिन ।’ ३ -४ वर्षको अन्तरमा एउटा सिनेमा बनाएपनि अन्ततः आफुले सिनेमा बनाउन बन्द गर्ने योजना छविले सुनाए ।

आखिर, छविले पारीवारीक कारण जनाउँदै सन्यास लिनुको अर्थ के त ? नेपाली सिनेमाको धार परिवर्तन भएपछि छवि निराश वनेका छन् र उनी सोमवारदेखि रिलीजमा आउन लागेको चलचित्र रावणसँग पनि केही डराएका छन् ।

अर्कोतिर, निर्माता छविराज ओझाले परिवार नै हेरेर बस्छु भन्नु पनि अर्थपूर्ण छ । के अव उनी रेखासँग विग्रीरहेको सम्वन्ध सुधारेर अघि वढ्ने सोंचमा पुगेका हुन् त ? नायिका रेखा थापाले एक संचारमाध्यममा दिएको अन्र्तवार्तामा पनि भनकी छन् कि, ‘मलाई चित्त वुझेन र अव सँगै वस्नुको अर्थ हुँदैन भन्ने लागेको दिनमा म डिभोर्स दिन्छु ।’ रेखाको यो भनाई वाहिर आउनु र छवि ओझा परिवारतर्फ ध्यान दिन्छु भन्दै सिनेमा नवनाउने घोषणा गर्नुलाई संयोग मात्र मान्न सकिन्न ।

आफु भन्दा २० वर्ष कान्छि रेखासँग विहे गरेका छविको सम्वन्ध खासै राम्रो हुन सकेको छैन् । रेखा छविको तेश्रो श्रीमती हुन् । अघिल्ला दुई घरवार पनि विग्रीएका थिए । यसैले, पनि सिनेमा वनाएर चर्चा वटुले पनि पारिवारिक जीवन भने असफल नै रह्यो । छविको यो रियलाइजेसनले कहिले ब्यबहारिक रुप लिने हो र रेखाको काखमा छविको घोर्ले छोरा देखिने हो त्यो चाहिं प्रतिक्षा गर्नैपर्ला ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out