मैले कसरी ऊबाट माया पाउन सक्छु ?

मेरो एक जना युवकसँग प्रेम बसेको चार वर्ष भयो। अहिले उसको व्यवहारमा परिवर्तन आएको छ। ऊ मेरो वास्तै गर्दैन। कहिलेकाहीं माया  गरेजस्तो गर्छ। कहिलेकाहीं त्यसै र्झकन्छ। फोन गर्दा उठाउँदैन। कहिलेकाहीँ उठाउँदा पनि व्यस्त छु भन्छ। म उसलाई एकदमै मन पराउँछु।  ऊबिना एकपल पनि बाँच्न सक्दिनँ। मैले कसरी ऊबाट माया पाउन सक्छु ? यदि उसको माया पाउन सकिनँ भने म मर्छु। यदि उ मेरो हुन  सकेन भने अरूको पनि हुन दिन्न।

एस

तपाइर्ं कसैको मायामा पागल हुनुभएको छ। तपाईंको व्यवहार अतिवादीको जस्तो छ। कुनै युवकले प्रेममा परेपछि आफ्नी प्रेमिकालाई सधैं प्रेम  मात्र गरिरहनुपर्छ भन्ने छैन। उसका आफ्ना बाध्यता र व्यस्तता हुन्छन्। तपाईंले मागेजति समय दिन नसक्नुको अर्थ तपाईंलाई उसले प्रेम  गर्न छाड्यो भन्ने लगाउन मिल्दैन। व्यस्त मानिसलाई व्यस्त रहन दिनुपर्छ। त्यस्ता मानिसको प्रेम देखावटी हुँदैन भन्ने कुरा बुझ्नु आवश्यक  छ। उसले भनेजति समय दिन सकेन भन्दैमा तपाईंले आफ्नो होस गुमाउनु हुँदैन। बरु शान्त मनले उसको व्यस्तता र व्यवहार अध्ययन गरेर  उसको समस्या समाधान गर्न आफ्नो तर्फबाट प्रयास गर्नुपर्छ। उसका समस्यामा सहभागी भएर ऊबाट पहिलेभन्दा बढी माया पाउन  सकिन्छ। जहाँसम्म मर्ने-मार्ने कुरा छ, त्यो आवेगको कुरा मात्र हो। यस्ता कुरा गरेर समय खेर फाल्नुभन्दा एकपटक दुवैजना सँगै बसेर एक -अर्काको समस्या केलाउने प्रयत्न गरे तपाइर्ंको समस्याको समाधान निस्कने थियो कि ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out