अहिले नै कहाँ बिहे गर्नु?- नम्रता श्रेष्ठ

केमा व्यस्त हुनुहुन्छ आजकाल?
'छड्के' नामक चलचित्रमा व्यस्त छु। तयारी भइरहेको छ, आगामी महिनादेखि सुटिङ हुदैछ।


कस्तो चलचित्र हो छड्के?
यो एक्सनप्रधान चलचित्र हो। यसमा मेरो एक्सन हेर्न पाउनुहुनेछ। 


ग्लामर नायिकाबाट एक्सनमा?
हिरोइन भएपछि एउटै भूमिका मात्र खेलेर हुदैन। चलचित्रले जस्तो भूमिका माग्छ त्यस्तै गर्ने हो।

तपाईको हालै प्रदर्शन भएको चलचित्र मिस यू ले खासै कमाउन सकेन भन्छन्, बजारमा तपाईको क्रेज घटेको हो?
मिस यू ले राम्रै कमायो भन्ने मैले सुनेको हो। हामीले सकेसम्म राम्रो चलचित्र बनाएकै हौं।  मेरो क्रेज बढ्यो या घट्यो, त्यो चाही म भन्न सक्दिन। मैले आफुले सक्दो राम्रो काम गरिरहेको छु भन्ने लाग्छ।


सेक्स भिडियोका कारण विवादमा तानिएपछि क्रेज घटेको पो हो की?
के लेख्नुहुन्छ के हुदैन भन्ने कुनै नियम नै नभएको देशमा म त्यसबारे कुरा गर्न चाहदिन।


तपाई निकै महंगी नायिका भन्ने हल्ला छ नि?
अरुले कति लिनुहुन्छ मलाई थाहा भएन। तर आफुलाई त्यस्तो महंगो नायिका हुँ जस्तो पनि लाग्दैन।


फिल्ममा खेलेवापत कति लिनुहुन्छ?
पारिश्रमीकको कुरा नखोलौं। कुनै पनि फिल्म  खेल्नुभन्दा अगाडि म स्क्रीप्ट हेर्छु। चित्त बुझेमात्र पैसाको कुरा गर्छु।


रेष्टुरेन्ट व्यवसायमा पनि हुनुहुन्छ, होइन?
हो , लाजिम्पाटमा हाम्रो रेष्टुरेन्ट एकदम राम्रो चलिरहेको छ।


अब बिहे गर्ने बेला भएन?
कहाँ अहिले बिहे गर्नु? अहिले हातमै २/३ वटा फिल्म छ। म त त्यसैमा लागिरहेको छु। बिहेको बारेमा केही सोचेको पनि छैन।


प्रस्तावहरु आउदैन?
किन नआउनु, प्रस्तावहरु त आइहाल्छन् नि ।


तपाईजस्तो सुन्दर नायिकालाई त धेरै प्रस्ताव आउछन होला नि होइन ?
त्यस्तो धेरै त होइन, तर प्रस्तावचाहिँ आइरहेकै हुन्छन्। तर त्यता म ध्यान दिन्न।


कसैसँग मायाको चक्करमा हुनुहुन्छ कि?
अरुले के के हल्ला गर्छन् मलाई थाहा छैन। तर म त्यस्तो कुनै चक्करमा छैन।


कहिले गर्ने त बिहे?
बिहेको विषयमा मैले अहिलेसम्म कुनै योजना नै बनाएको छैन।


पढाई के हुदैछ?
सोसोलोजी र कल्चरमा हालै मात्र भर्ना भएकी छु।


कुन कलेजमा?
त्यो अहिले नखोलौं। कलेज जान्न। स्वअध्ययन हो।


फुर्सदमा अरु के गर्नुहुन्छ?
फिल्म नै हेर्ने हो। फिल्म नै मेरो प्रिय वस्तु हो।


हिरोइन भएर केही गुमाएजस्तो लाग्छ?
त्यस्तो केही लाग्दैन। हामीकहाँ बिदेशमा जस्तो पर्सनल लाइफ नै नहुने पनि होइन। म सजिलै हलमा फिल्म हेर्न सक्छु। परिवार तथा आफन्तसँग घुम्न पनि भ्याएको छु। त्यसकारण त्यस्तो केही गुमाएजस्तो लाग्दैन। बरु धेरै कमाएको छु।


देशको राजनीतिको बारेमा के भन्नुहुन्छ?
राजनीतिमा खासै चासो छैन। तर, हामी सबैलाई थाहा नै छ माथिल्लो तहबाट राम्रो काम भइरहेको छैन। तर, देशलाई राम्रो बनाउन हामी सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो दायित्व भने निभाइरहनुपर्छ भन्ने लाग्छ।

नायिका नम्रता श्रेष्ठ

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out