प्रियंका चोपडासित करोडौँको अवैध सम्पत्ति

बलिउड अभिनेत्री प्रियंका चोपडा अकुत सम्पत्ति लुकाएको आरोपमा विवादमा तानिएकी छिन् । चोपडाले लुकाइछिपाइ राखेको नगद, जिन्सी तथा गरगहना फेला परेपछि उनी विवादमा परेकी हुन् ।
अघिल्लो वर्ष आयकर विमागले चोपडाको मुम्बइको लोखडवालास्थित एक लकर खोल्दा ठूलो परिमाणमा नगद तथा महंगा गहना फेला परेका थिए । श्रोतका अनुसार विभागले अहिलेसम्म चोपडाका २-३ वटा लकर तथा उनकी आमा मधु चोपडाको एक लकरमा खानतलासी गरिसकेको छ । चोपडाका अझ अरु केही लकर रहेको र त्यसमा अझै अकुत सम्पत्ति रहेको हुनसक्ने अधिकारीहरुको भनाइ छ ।

आयकर विभागले अहिलेसम्म गरेको अनुसन्धानबाट चोपडाका क्लासिक अपार्टमेन्टमा ५ वटा फ्लाट, एक पेन्ट हाउसका अलवा अरु तीन फ्लाट फेला परिसकेका छन् । अहिलेसम्म चोपडाको ६ करोड भारुको अवैध सम्पत्तिको जानकारी प्राप्त भैसकेको अधिकारीहरु बताउँछन् । चोपडाको अवैध सम्पत्ति अझै बढिपनि हुनसक्ने आशंका गरिएको छ ।
आयकर विभागले चोपडासँग अवैध सम्पत्ति रहेको सुराकीका आधारमा लामो समयदेखि उनी र उनका साथीहरुबीचको टेलिफोन सम्वादको निरिक्षण गरिरहेको थियो । चोपडाले कर छली गर्न ठूलो परिमाणमा अवैध सम्पत्ति लुकाएको फेला परेपछि उनीमाथि कस्तो कारवाही हुनेहो त्यो भने हेर्न बाँकी छ । यो काण्डले चोपडाको करिअरमा पनि धक्का लाग्ने पक्का छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out