सिनेमाको कथा जुध्दा ऋचा आश्चर्यमा

नायिका ऋचासिंह ठकुरी त्यतिबेला आश्चर्यमा परिन्, जतिबेला उनलाई एउटा सिनेमाबाट अफर आयो । उनलाई एक निर्माताले सिनेमाका लागि अफर गरे र उनी भेट्न गईन् । उनलाइ कथा सुनाईयो । कथा सुन्दै जाँदा ऋचालाई आफूले यस्तो खालको भूमिकामा पहिले नै अभिनय गरिसकेको थाहा भयो ।
एक नाम नराखी सकिएको सिनेमाका लागि ऋचाले कथा सुनेकी हुन् । कथा सुन्दै जाँदा ऋचाले यो भूमिका आफूले पहिले नै एक सिनेमामा गरिसकेको बताईन् । चलचित्र ‘म तिम्रो भैसकें’मा गरेको भूमिका जस्तै अर्को नयाँ सिनेमाबाट उनलाई अफर आयो ।

आखिर यी दुई सिनेमाका कथा कसरी एउटै भए होलान् त ? तपाईको मनमा प्रश्न उठ्न सक्छ । खासमा यी दुई चलचित्रका कथा एक कोरियन सिनेमाबाट सारिएको थियो । नायिका ऋचा सिहं ठकुरीले अभिनय गरेको र विकास आचार्यले बनाएको चलचित्र ‘म तिम्रो भैसकें’ पनि एक कोरियन सिनेमाबाट साभार गरिएको चलचित्र हो ।
यस्तै विषयमा एक सिनेमा बनाउने तयारी भएको थियो । तर अनलाईन खवरलाई प्राप्त जानकारी अनुसार अब कथा परिवर्तन भएको छ ।

चलचित्रको कथा ‘म तिम्रो भैसकें’ सिनेमासँग मिल्न गएपछि सिनेमाको कथावस्तु परिवर्तन गरिएको छ । चलचित्र ‘म तिम्रो भैसके’ काठमाडौंका हलमा रिलिजको क्रममा रहेको छ । मोफसलका हलमा रिलिज भईसकेको यो सिनेमाले खासै उत्साहजनक व्यापार गर्न सकेको थिएन । यो सिनेमा अब काठमाडौंमा छिट्टै प्रदर्शन हुने तयारीमा रहेको छ । कथा मिलेको कुरा नायिकाको नै मुखबाट सुनेपछि निर्माताले कथा परिवर्तन गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out