एकसाथ 'डबल अफेयर'

प्रेमी वा प्रेमिकाले आफूसँग मात्रै प्रेम गर्छन् भन्ने भ्रममा त तपार्इं हुनुहुन्न - यदि त्यस्ता सोचाइ छ भने आजै त्याग्नोस् । आजकलका युवायुवती दुवै माया/प्रेमलाई फेसन बनाउँदै एकसाथ दर्ुइ वा सोभन्दा बढीसँग 'डबल अफेयर' चलाउने गरेको पाइएको छ । पछिल्लो अध्ययनले किशोर-किशोरी एकसाथ दर्ुइ वा सोभन्दा बढीसँग प्रेम चक्कर -अफेयर) चलाउने गरेको देखाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पछिल्लो र्सवेक्षणअनुसार किशोर-किशोरीले एकसाथ दर्ुइ जना प्रेमी वा प्रेमिका बनाउने गरेका छन् ।
मन्त्रालयले गरेको किशोर-किशोरी तथा युवा र्सर्वेक्षण २०११ ले १० देखि २४ वर्षउमेर समूहका युवायुवतीको एकसाथ दर्ुइजनासँग अफेयर चलिरहेको पाइएको छ ।

अध्ययनले एकसाथ डबल अफेयर चलिरहेको र सो सम्बन्ध १४ महिनाभन्दा बढी नटिक्ने गरेको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.  प्रविण मिश्र नेपाली युवायुवती झूटो प्रेम गर्दै ग्ालत बाटोतर्फअग्रसर भएको बताउँछन् ।
'युवायुवतीलाई झूटो प्रेममा फस्नुबाट बचाउन नसके यसले राष्ट्रलाई ठूलो घाटा पूर्‍याउने  देखिन्छ,' र्सवेक्षणलाई नजिकबाट नियालेका सचिव मिश्रले भने, 'यसलाई समयमै समाधान गर्न नसके राष्ट्रले बाटो बिराएजस्तै परिणाम गम्भीर हुन्छ ।'
सोही अध्ययनले ६ प्रतिशत युवा लागूऔषधमा फसेको देखाएको छ । मध्यपान गर्ने युवाहरू ३५ प्रतिशत र धूमपान गर्नेको संख्या झन्डै २६ प्रतिशत रहेको छ । झूटो प्रेममा फसेका अधिकांश युवायुवतीले मध्यपान, धूमपान र लागूऔषध प्रयोग गर्न सक्ने खतरा रहको सचिव मिश्रले टिप्पणी गरे ।
'र्सर्वेक्षणले युवाहरू ट्रयाकभन्दा बाहिर जाँदै गरेको देखिएको छ,' सचिव मिश्रले भने । मन्त्रालयअर्न्तर्गतको जनसंख्या महाशाखाले  १० देखि २४ वर्षउमेर समूहका १४ हजार ७ सय ५४ जनालाई र्सर्वेक्षण गरेको थियो । अध्ययनले नेपालको कुल जनसंख्याको एक तिहाइ हिस्सा १० देखि २४ वर्षउमेर समूहका युवाहरूले ओगटेको देखाएको छ । र्सर्वेक्षणको क्रममा देशभरका ८ हजार ९ सय ७४ घरधुरीका युवायुवतीलाई सहभागी गराइएको थियो । र्सर्वेक्षणले ८० प्रतिशत युवा तथा किशोर-किशोरी गाउँ र २० प्रतिशत सहरमा बसोवास गर्दै आएको देखाएको छ । साथै सो उमेर  समूहमा उच्च साक्षरता दर  युवाको ९५ र युवतीको ८८ प्रतिशत रहेको देखिए पनि १२ प्रतिशत युवती र ५ प्रतिशत युवा कहिल्यै विद्यालय नगएको पाइएको छ । विद्यालय गएकामध्ये पनि आर्थिक र पारिवारिक कारणले १६ प्रतिशत युवक र २२ प्रतिशत युवतीले पढाइ छोडेका छन् । र्सवेक्षणले विवाहकै कारण ३५ प्रतिशत युवतीले अध्ययन छाड्ने गरेका छन् ।
नेपालमा सो उमेर समूहका ९२ प्रतिशत युवक र ७७ प्रतिशत युवतीहरू अविवाहित रहेका छन्  । अध्ययनले विवाहको औसत उमेर युवकको १९ र युवतीको १७ देखाएको छ ।  सो अध्ययन प्रतिवेदन शुक्रबार र्सार्वजनिक गरिएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out