तपाईको सन्तान के छविबाट नै हुन्छ त ? अनलाइनखवरको प्रश्नमा रेखाले अहिले नै यो विषयमा केही वोल्न नसक्ने बताएकी छिन् । सन्तानको विषयमा मौन वसेकी रेखाले आफ्नो डिभोर्स र विहे हल्लालाई हल्लामात्र भनेकी छिन् । हुनत, बजारमा रेखा थापाले आफ्नो व्याईफ्रेन्ड रहेको र सवैको ज्वाई भन्न लाएक केटा रहेको वताएको खवर पनि नचलेका होईनन् । तर, नायिका थापाले भने आफुले अर्को विहे गर्ने कुरालाई सोझै अस्विकार गरेकी छिन् । एक विवाहित पुरुषसँग नै रेखाको विहे हुन लागेको खवरवारे उनीसँग वुझ्दा उनले भनेकी छिन्, ‘विवाहीत पुरुषसँग म किन विहे गर्छु ।
यदी, गर्ने नै भए भने गर्भकासाथ अविवाहित केटासँग गर्दै छु भनेर भन्छु।’ नायिका थापाले विहे गर्ने तयारी गरेको र उनले काठमाण्डौको मित्रपार्कमा एउटा फ्ल्याट किनेको खवरहरु आईरहेको छ । रेखा भन्छिन्, ‘मैले फ्ल्याट किनेको होईन, मेरो दिदीको घरको पुजा गर्न लागेको हो । यही वैशाख ६ गते दिदीको घरको पुजा छ, दिदीले बौद्धको नयाँ वस्ती भन्ने ठाउँमा घर किन्नु भएको छ ।’ रेखाले कसैको चरित्रलाई जे पनि गर्न नमिल्ने भन्दै पुष्टी नभएका समाचार नलेख्न आग्रह समेत गरेकी छिन् ।
यता, नायिक थापाले आफ्नो श्रीमान् छविराज ओझाले सन्यास लिन्छु भन्ने कुरा रावणको स्टन्नको लागी मात्र भएको खुलासा गरेकी छिन् । अनलाइनखवरसँग कुरा गर्दै उनले, एक हल मालिक र निर्माता भएका नाताले पनि छविले दर्शक र मिडियालाई घुर्काएको हो, यो वाहेक केही पनि होईन । उनले, छवि र आफ्नो नामलाई मिस युज नगर्न आग्रह गरेकी छिन् । नायिका थापाले विवाहीत पुरुषसँग विहे गर्दै गरेको खवरलाई हल्ला भनिरहँदा वजारमा भने रेखाले विहे गर्ने तयारी गरेको कुरा सत्य भएको चर्चा चलिरहेको छ । रेखाले किनेको नयाँ फ्ल्याटको शुभ शान्ति गराउने पण्डितसँग एक चलचित्रकर्मीले पनि आफ्नो पुजापाढको काम गराएकाले यो खवर वाहिर आएको वुझिएको छ ।
दुई दिन अघि मात्र नायिका थापाका पति छविराज ओझाले परिवारतर्फ ध्यान दिने भन्दै सन्यास लिने वताउनु अनि त्यसको केही दिन वित्न नपाउदै रेखाको विहेको तयारीको खवर वाहीर आउनुले यो घटनालाई जंगलमा वाघ कराउनु र घरमा वाख्रा हराउने उखान मात्र हो भन्न सकिदैन । अनलाइनखबरले यो घटनाको वारेमा अनुसन्धान जारी राख्नेछ ।
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago