बलिउडको नयाँ सुपरस्टार 'सेक्स'

मुम्बई, वैशाख १७ (एजेन्सी)-चलचित्र प्रचारको विषय होस अथवा यसको पोस्टर्सबाट पब्लिसिटी पाउने सबै मामिलामा सेक्सले टाउको उठाइसकेको छ। हालै प्रदर्शन भएका चलचित्रमा सेक्स दृष्यलाई नै ...पिक्चराइज' गरिदै छ। अर्थात चलचित्र हिट गराउने सबैभन्दा राम्रो उपाय हो, सेक्सलाई भजाउने र चर्चामा आउने। ध्यान दिने हो भने बलिउडका नायिकाहरू पनि अब कम बोल्ड रहेनन्। नायिकाहरू पनि एकअर्कालाई उछिन्ने होडमा दरिलो बोल्ड सिन दिन पछि हट्दैनन्। यति मात्र होइन नायिकाहरू बोल्ड आइटम गितका लागि नृत्य गर्न पनि पछि छैनन्। यसको पछिल्लो उदाहरण यसै जनवरीमा प्रदर्शनमा आएको अग्निपथमा क्याटरिना क्याफमाथि छायांकन गरिएको 'चिकनी चमेली' गित थियो।

यहाँ कुरा छायांकन गरिएका सेक्स सिनमाथी मात्र नभई मसाला चलचित्रमा उठाइने गरिएको बोल्ड विषयका सम्बन्धमा पनि भइरहेको छ।

पछिल्लो साता २० अप्रेलमा प्रदर्शनमा आएको चलचित्र 'विक्की डोनर ड यस्तै विषयमा छ,जुन निकै चर्चित पनि रह्यो। स्पर्म डोनर (वीर्य दान) यस्तो विषयमा आधारित छ जसमा अहिलेसम्म कसैले चलचित्र बनाउने प्रयास गरेको थिएन।

हुनत कतिपय पटक चलचित्रमा यस विषयलाई हलुका स्पर्श मात्र गरिएको छ। तर स्पर्म डोनरलाई कहिले पनि मुख्य विषयका रुपमा लिइएन। यसको कथा मात्र बोल्ड विषयमा छैन बरु संवाद पनि निकै बोल्ड छन्।

विवेक अग्निहोत्रीको निर्देशनमा २० अप्रेलमा प्रदर्शन भएको ...हेट स्टोरी' पनि बोल्डनेसको मामिलामा सबैलाई पछाडी पार्न सफल भएको छ। यस चलचित्रलाई अहिलेसम्मको सबैभन्दा सेक्सी र बोल्ड मानिएको छ। चलचित्रले मात्र नभई यसको पोस्टरले पनि तहलका मचाएको थियो।

चलचित्र अभिनेत्री पाउली दाम यस चलचित्रमा शरिर प्रदर्शनमा व्यस्त देखिइन्। अर्थात पाउलीले आप्नो हटनेसले विपासा बसु, मल्लिका सेरावत र राखी जस्ता बोल्ड हिरोइनलाई पनि पाखा लगाइन्। पाउलीले यस चलचित्रमा किसिङ र बेड सिन पनि दिएकी छिन्।

मार्चको अन्त्यमा प्रदर्शनमा आएको 'ब्लड मनी' पनि निकै चर्चित रह्यो। यसको चर्चामा रहनुको मुख्य कारण प्रदर्शन अघि नै यसको बेड सिन लिक हुनु थियो जुन चलचित्रको प्रचारका लागि निकै महत्वपूर्ण थिए। चलचित्र हिट हुनु नहुनी अर्को कुरा हो तर भट्ट क्याम्पले दर्शकको भिड बटुल्ने निकै प्रयास गरेको थियो।

यस वर्षको अन्त्यमा प्रदर्शन हुन लागेको चलचित्र जिस्म २ को प्रचार पनि अहिलेबाटै सुरु भएको छ। पोर्न स्टार सनी लिओनलाई यस चलचित्रमा अभिनेत्रीका रुपमा साइन गरिएको छ। हुनत यस अघि पनि केही सुपरस्टार एडल्ट इन्डस्ट्रिमा काम गरिसकेका छन्।

तर साधारणतया पोर्न स्टारलाई अभिनेत्रीका रुपमा दर्शकले मन पराउने गर्दैैनन्। अब सनी जिस्म २ र हालै साइन गरेको अर्को चलचित्र रागिनी एमएमएस २ मा कतिको सफल हुन्छिन् त्यो हेर्न वाकी छ।

सनी लिओन मात्र नभई उनलाई टक्कर दिन अब पुनम पाण्डे पनि तैयार छिन्। पूनम सनीलाई टक्कर दिन आफ्नो आउन लागेको चलचित्र आइएम १८मा बोल्डनेसको चेक भजाउन तत्पर देखिएकी छिन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out