सम्भोग गर्दा शीघ्र वीर्य स्खलनको समस्या

म ३१ वर्षीय विवाहित पुरुष हुँ। मेरो समस्या भनेको सम्भोग गर्दा शीघ्र वीर्य स्खलन (छ-सात धक्कामा) हुनु हो। यसको कुनै औषधी वा  उपचार छैन ? यसले गर्दा श्रीमती मसँग सन्तुष्ट छैनन् कि भन्ने चिन्ता लागेको छ।

सोध्दा सन्तुष्टै छु भन्छिन्। म प्रशस्तै प्राक्क्रीडा पनि  गर्छु।

 — रा.

शीघ्र स्खलन के हो ?

मानव यौन प्रतिक्रिया चक्रका चार चरणमध्ये 'चरमसुख' (orgasm) को चरणमा पुगेको हाराहारीमै वीर्य स्खलन पनि हुन्छ। यौन सुख  शारीरिक तथा मानसिक दुवै प्रक्रियाको जटिल सम्मिश्रणबाट प्राप्त हुन्छ भन्ने कुरा त थाहा भै नै सक्यो होला। यौन उत्तेजनामा आउने र  विभिन्न चरणमा अघि बढ्दै जाने कुरा बाह्य तथा आन्तिरिक कतिपय कुरामा भर पर्छन्। यी कुरा योनिमा लिङ्ग पसाएपछि मात्र सुरु हुने हो इन। प्रायः सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै बेला वीर्य स्खलन चाँडो भएको अनुभव गरेका हुन्छन्। अहिले आफू तथा आफ्नो  यौनजोडीले चाहेको समयभन्दा निरन्तर रूपमा चाँडो वीर्यस्खलन भए त्यसलाई छिटो वीर्यस्खलन भएको स्थिति अर्थात् शीघ्रस्खलन मान्न  थालिएको छ।
किन्सेले गरेको अध्ययनमा योनिमा लिङ्ग प्रवेश गराएको २ मिनेटभित्रै ७५ प्रतिशत पुरुषले चरमसुख पाएको कुरा देखिएको थियो।  शीघ्र स्खललाई कसरी परिभाषित गर्ने भन्ने विषयमा वैज्ञानिकहरूबीच बहस पनि नभएको होइन। लिङ्ग योनिमा पसाएको ३० सेकेन्डमै वा एक  मिनेटभन्दा कम समयमा वा ५ देखि १० धक्कामै वीर्य स्खलन भए छिटो स्खलन भएको भनेर परिभाषित गर्ने प्रयास पनि भए।

शीघ्र वीर्य स्खलन के कारणले हुन्छ ?

योनिमा घर्षण नै गर्न नपाई योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषमा देखिने यौनसम्बन्धी समस्याह रूमध्ये सबैभन्दा बढी पाइने समस्या हो। सजिलो भाषामा भन्नुपर्दा वीर्य स्खलन चाँडो हुनु नै शीघ्र वीर्य स्खलन हो तर कतिपय मानिस  सामान्य समय-सीमामा नै वीर्य स्खलन हुने भए पनि चाँडो भएको मान्छन् भने कसैले लामो समय लागे पनि त्यसलाई सामान्य मान्न  सक्छन्। महिलालाई यौन चरमसुख प्राप्त गर्न लामो समय लाग्ने अवस्थामा पनि पुरुषको वीर्य स्खलन चाँडो भएजस्तो हुन्छ।

यसको पक्का कारण यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय  मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा 'राम्रो' गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिन कि  भन्ने चिन्ताले समस्यालाई थप बढाउँछ। विरलै भए पनि केही psychotropic drug कतै यस्तो समस्याको कारण त होइन भनेर के लाउन पनि बिर्सनु हुँदैन।

यसको औषधी उपचार छैन ?

आक्कल-झुक्कल यस्तो शीघ्र स्लखन हुनु अस्वाभाविक होइन। त्यसैले यस्तो स्थितिमा खासै चिन्ता गर्नु आवश्यक छैन। धेरै चिन्ता गर्दा समस्या  थप बढ्न सक्छ। शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै तपाईंले समाधानको उपाय खोज्नुपर्ने हुन्छ। यो समस्या कम  गर्न आफैंले गर्न सकिने केही उपाय छन्।

यौनसम्पर्क रोक्ने-सुरु गर्नेः      यौनसम्पर्कका क्रममा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही वेर यौन  क्रीडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने।

आसन परिवर्तन गर्नेः लोग्नेमान्छे माथितिर र महिला तलको सट्टा महिला माथितिर बसेर सक्रिय भै सम्पर्क गर्दा पनि शीघ्रस्खलन कम गर्न  मद्दत पुग्छ।

लि· अँठयाउनेः यौनसम्पर्क गरिरहँदा स्खलन होलाजस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अँठयाउने र  वीर्य स्खलन हुन नदिने। केही बेरमा यौन उत्तेजना केही कम भएपछि पुनः यौनक्रीडा सुरु गर्ने।

कन्डम प्रयोग गर्नेः कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्रस्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम  भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ।

मांसपेशीको प्रयोग गर्नेः पिसाब आउँदा रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके फाइदा पुग्छ।

औषधीको प्रयोगः अचेल छालाको संवेदनशीलता कम गर्ने मल्हम तथा स्प्रेहरू पनि बजारमा उपलब्ध छन्। Benzocaine तथा  Lidocaine जस्ता औषधी भएका यस्ता उत्पादन लिङ्गमा यसको प्रयोग गर्दा शीघ्र स्खलनलाई कम गर्न मद्दत पुग्छ।

वीर्य स्खलन नियन्त्रणको अभ्यासः दीर्घकालीन उपचारका लागि हस्तमैथुन गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने। उत्तेजना केही कम  भएपछि पुनः हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भएपछि रोक्ने। यो प्रक्रिया दोहोर्‍याउने। वीर्य स्खलनलाई राम्रोसँग नियन्त्रण गर्न  सक्छु जस्तो लागेपछि आफ्नी श्रीमती (यौन साथी) सँग यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने तर यौनसम्पर्क भने नगर्ने। वीर्य  स्खलन होलाजस्तो भए पनि क्रियाकलाप रोक्ने र उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। आफ्नो यौन साथीसँग पहिले कुनै चिप्लो पदार्थ  प्रयोग नगरी र पछि चिप्लो पदार्थ प्रयोग गरेर यस्तो क्रियाकलापमा संलग्न हुने। अब वीर्य स्खलनमा पर्याप्त नियन्त्रण भयो जस्तो लागेपछि  लिङ्गलाई बिस्तारै भगक्षेत्र (योनि क्षेत्र) मा स्पर्श वा हल्का घर्षण गर्ने, तर यौनसम्पर्क भने नगर्ने। यस्तो गर्दा वीर्य स्खलन होलाजस्तो भए  क्रियाकलाप रोकेर उत्तेजना केही कम भएपछि पुनः सुरु गर्ने। वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि माथि भनिएजस्तै  पहिले यौनसाथी बढी सक्रिय हुने गरी यौनसम्पर्क गर्ने। वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध तरिका अवलम्बन  गर्दै यौनसम्पर्कलाई अघि बढाउने। समय र  धैर्यता निकै लाग्ने भए पनि वीर्य स्खलन नियन्त्रणमा यो अभ्यास निकै लाभदायक हुनसक्छ।

अन्तमा, श्रीमतीले सन्तुष्ट नै छु भन्नुभएको छ भने त्यसमा विश्वास गर्नुहोस् र पीर नलिनुहोस्। त्यसले फाइदा नै पुग्छ। मानौं, हप्तामा चार  पटक यौनसम्पर्क गर्नुहुन्छ भने दुई पटकको पाक्क्रीडा अनि त्यसपछिको यौन क्रियाकलाप सम्पूर्ण रूपमा श्रीमतीको यौन चरमसुख प्राप्तिका  लागि समर्पित गर्नुहोस्, जसले तपाईंहरूको यौनजीवनलाई सुखमय बनाउन सहयोग गर्छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out