इहटरी वेश्यालय जस्तै, प्रहरीको काम छापामार

इटहरी, वैशाख १७। इटहरी र यस आसपासका क्षेत्रमा अवैध यौनधन्दा चलाउने गरिएको भन्दै सर्वस्ााधारणबाट उजुरी परेपछि प्रहरीले हिजो साँझ यहाँका केही होटल तथा रेस्टुरेन्टमा छापा मारेको छ।
विशेषगरी इटहरी चोकदेखि पश्चिम लाइनको राजमार्ग क्षेत्रमा खोलिएका होटल, लज र रेस्टुरेन्टमा हुँदै आएको अवैध यौनव्यापार नियन्त्रणका लागि प्रहरीले छापामा मार्दा पाँच जोडीलाई यौनजन्य कार्य गरिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सागर थापाले जानकारी दिनुभयो। 
प्रहरीले कान्तिपुर रेस्टुरेन्ट एन्ड बार, सिद्धकामना होटल, होटल मकालु र होटल लालीगुराँसबाट ती युवायुवतीलाई पक्राउ गरेको हो। अवैध यौनधन्दामा संलग्नमध्ये कतिपय १६ वर्षमुनिका किशोरीहरु रहेका छन्।
प्रहरीले ५० वर्ष उमेर समूहका पुरुष समेतलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो। होटल लज तथा रेस्टुरेन्ट व्यवसायीले व्यावसाय सञ्चालसम्बन्धी आचारसंहिता बनाए पनि कतिपयले त्यो आचारसंहितालाई पालना नगरेको अनुगमनका क्रममा फेला परेको छ।
इटहरीमा झन्डै ५०० होटल लज तथा रेस्टुरेन्ट रहेका छन्। इटहरी तथा यस आसपासका क्षेत्रमा झन्डै ५०० जना सङ्गठित यौन व्यवसायी क्रियाशील रहेको बताइएको छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out