नेफ्टा अवार्डमा विजेता नै अनुपस्थित

काठमाडौं, चैत २० (नागरिक) - नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले आयोजना गरेको 'भव्य' अवार्ड वितरण समारोहमा विजेताहरुकै उपस्थिति न्यून रह्यो। टिटिभीको प्रस्तुतिमा शनिबार राजधानीको सोल्टी होटलमा सम्पन्न कार्यक्रममा ३७ विधाको अवार्ड वितरण गरे पनि १२ जना अवार्ड थाप्न गएनन्।

सानु भारती (भेषभुषा), किचमान चित्रकार (डिजिटल अडियोग्राफी), सुजिल कर्माचार्य (पार्श्व संगीत), पिताम्बर पाण्डे (पटकथा), कृष्णहरि बराल (गीत), दुर्गा खरेल (स्वर), स्वरुपराज आचार्य (स्वर), दिलीप रायमाझी (हास्य कलाकार), वसन्त श्रष्ठ (नृत्य निर्देशन), सञ्जय लामा (डिजिटल छायाँकार) र झरना थापा (खलपात्र)को अवार्ड अरुले नै बुझे। सह अभिनेता (दशगजा)को अवार्ड लिन नगएका नवल खड्का फिल्मले 'जुरी अवार्ड' पाउँदा भने झुल्किएका थिए।
'अवार्डको गरिमा घटेको कि कलाकार व्यस्त भएर नआएको?' भन्ने प्रश्नमा संघका अध्यक्ष सन्तु तामाङले भने, 'कतिपय विदेशमा हुनुहुन्छ। कोही चाहिँ आफूले पाउने हैन किन जानु भनेर पनि नआएका हुन सक्छन्। यस्तो ठूलो समारोहमा सानो मन गरेर नआउनु उनीहरुकै लागि घाटा हो।' प्रायोजकहरुलाई सहभागी गराउनु पर्दा फिल्मकर्मीको संख्या 'फिल्टर' गर्नुपरेको उनले खुलाए।
नेफ्टाको पाँचौं संस्करणमा 'बाटो मुनिको फूल' उत्कृष्ट फिल्म ठहरियो भने सोही फिल्मबाट सुरज सुब्बाले निर्देशन र यशकुमारले नव नायकको अवार्ड जिते। आर्यन सिग्देललाई अभिनेता र रेखा थापालाई अभिनेत्रीका रुपमा अवार्ड दिलायो फिल्म 'कसले चोर्‍यो मेरो मन'ले। सविर श्रेष्ठले यही फिल्मबाट उत्कृष्ट नव निर्देशकको अवार्ड हात पारे।
लोकप्रिय फिल्ममा 'नाइँ नभन्नु ल'ले स्थान सुरक्षित गर्‍यो भने एसएमएस मार्फत रुचाइएकी कलाकारमा रेखा थापा परिन्। शिव ढकाल (छायाँकार), सुमिना घिमिरे (नव नायिका), बनिष शाह (सम्पादन), सुरेन्द्र पौडेल (डिजिटल सम्पादक), बिबी अनुरागी (संगीत), उमेश नेवा (द्वन्द्व), नीर शाह (चरित्र अभिनेता), शुभद्रा अधिकारी (चरित्र अभिनेत्री), दिप्ती गिरी (बाल कलाकार), महाराजा थापा (संगीत संयोजक), शिवम् अधिकारी (संवाद), राजकृष्ण श्रेष्ठ (सेलुल्वाइड अडियोग्राफी), निर्जल श्रेष्ठ (कला निर्देशन) र सरोज पाण्डे (शृंगार)लाई यसपटकको अवार्ड मिल्यो। २०६७ सालमा रिलिज भएका फिल्म अवार्डमा सहभागी थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out