१० लाख डलर दिएमा विना नांगिने

बलिउडकी पाकिस्तानी अभिनेत्री विना मलिक अघिल्लो वर्ष एक पत्रिकामा दिएको नांगो पोजका कारण चर्चा र विवादको चुलीमै रहिन् । एफएचएम म्यागेजिनका लागि दिएको नेकेड फोटोशूटले उनको देश पाकिस्तानमा समेत निकै ठूलो हंगामा मच्चाएपछि, उनीमाथि फतवाको धम्की आएपछि र बुवाले समेत छोरी नभन्ने भनेर घुर्काएपछि विना निकै अप्ठेरोमा परिन् अनि आफुले नांगो फोटो नखिचाएको भन्दै म्यागेजिनले कम्प्युटरबाट आफ्नो फोटो नांगो पारेको भनेर दाबी समेत गरिन् ।

हुनत उनको त्यस्तो जिकिर कसैले पनि पत्याएन । विना मलिक चर्चामा आउन जे पनि गर्ने मानिस हुन् भन्ने कुरा सबैलाई थाहा थियो त्यसैले उक्त पत्रिकामा विनाले नांगो फोटो खिचाएकै हुन् भन्ने सबैको ठम्याइ रह्यो । आखिर त्यस्तो ठम्याई अहिले आएर पूर्ण रुपमा सही सावित भएको छ ।

विना मलिकले आफु पैसाका लागि नांगिन तयार रहेको बताएर यो कुरा प्रमाणित गरेकी छिन् । मलिकले चर्चित म्यागेजिन प्लेब्वाय ले १० लाख डलर दिएमा आफु उक्त पत्रिकाका लागि नांगिन तयार रहेको बताएकी हुन् ।

बेलायती पत्रिका मिररसँगको कुराकानीमा मलिकले भनेकी छिन्, ‘यदि यस्तो प्रस्ताव आएमा मैले विचार गर्नेछु । आखिर नांगो फोटो खिचाउन किन नाइँ भन्ने ? यो ठूलो अवसर हुनेछ र मैले अवश्य पनि त्यस्तो काम गर्नेछु ।’

मोडेलको हैसियतले जुनसुकै अवस्थाका पोज दिनु आफ्नो जब रहेको भन्दै विनाले भनेकी छिन ‘मेरो सामु आउने जुनसुकै अवसरलाई मैले आत्मसात गर्नुपर्छ ।’

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out