कहाँ छन् यी हतियार ?

वर्गीकरण प्रक्रिया सुरु हुने निश्चित भइसकेपछि कैलाली तालबन्दस्थित माओवादी लडाकूको सातौँ डिभिजन मुख्यालयभित्र एकाएक फर्निचर बनाउने होडबाजी चल्यो। सालघारी जंगलले घेरएिको तालबन्द क्षेत्रमा कोही पलङ बनाउँदै थिए, कोही सोफासेट त कोही कुर्सी। त्यसमध्ये एउटा विशेष बनावटको दराज बन्दै थियो, जो सबैको जिज्ञासाको विषय थियो। शीर्षस्थ कमान्डरहरूको बैठकमा समेत बन्दै गरेको त्यस दराजको चर्चा चल्यो।
तर, सातौँ डिभिजनका निमित्त कमान्डर वीरेन्द्र बुढाले 'विशेष प्रयोजनका लागि बनाइएको' भन्दै टार्न खोजे। मुख्य कमान्डरले यति भनिसकेपछि अरूले त्यसबारे सोधीखोजी गर्न चाहेनन्।
वर्गीकरण प्रक्रिया सिद्धियो, झन्डै आधाजति लडाकूले स्वैच्छिक अवकाश रोजे। यसरी स्वैच्छिक अवकाश रोज्ने लडाकूहरू घर जानेे क्रमसँगै त्यो दराज पनि शिविरबाहिर गयो। तर, कहाँ गयो, कसैले पत्तो पाएनन्। कमान्डर तहमा पछि मात्र गाइँगुइँ चल्यो, त्यो दराज त शिविरबाहिर राखिएका हतियार थन्क्याउन बनाइएको भनेर। सातौँ डिभिजनबाट अवकाश रोजेका मोहन वैद्य पक्षीय लडाकूहरूले दराजको खोजी गर्न थाले। संयोग नै भन्नुपर्छ, त्यो दराज तालबन्दबाट कणर्ाली-चिसापानीतिर लागेको भन्ने खबर फैलियो र त्यसको पर्सिपल्ट अर्थात् ८ वैशाखमा चिसापानी पूर्वतिर पर्ने सोल्टाको ओडारमा सशस्त्र प्रहरीले एलएमजीका २४ थान म्याग्जिन, दुई थान ब्यारेल र इन्सास राइफलका पाँच थान म्याग्जिन फेला पार्‍यो।

सशस्त्र प्रहरीले त्यसरी गोलीगट्ठा फेला पारेको अघिल्लो दिन राजधानीमा बसेको माओवादी लडाकूको जनरल स्टाफ बैठकमा सोल्टा क्ष्ाेत्रतिर वैद्य पक्षीय पूर्वलडाकूहरूको जत्था हतियार बोक्दै हिँडिरहेको प्रसंग चलेको थियो। "दुई-तीन दिनअघि कैलालीतिर एक समूहले हतियार बोकिरहेको प्रारम्भिक खबर सुनेकै हो," माओवादी लडाकूका डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल भन्छन्, "तर, ती हतियार पार्टीले संस्थागत तवरमा राखेको हुँदै होइन, एकाध समूहले युद्धकालमै त्यहाँ हतियार लुकाएको हुन सक्छ।" माओवादीका एक जना डिभिजन कमान्डर, जो आफ्नो नाम उल्लेख नगरििदन आग्रह गर्छन्, पनि विद्रोहकालका हतियार वैद्य पक्षको हातमा पुगेको दाबी गर्छन्।

कैलाली-सोल्टामा भेटिएको गोलीगट्ठा आफैँमा ठूलो परमिाणको होइन। तर, विश्वस्त स्रोतका भनाइमा त्यहाँ गोली मात्रै थिएनन्, आधुनिक हतियार पनि थिए। तर, ती हतियार कसले लुकाएका थिए र अहिले कसको नियन्त्रणमा गए ? त्यसको अनुसन्धान प्रहरीले गररिहेको छ। सवाल उठ्छ, सोल्टामा जस्तै विद्रोहकालका अवैध हतियार अरू कहाँ-कहाँ राखिएका छन् ? र, डर छ कि कुनैबेला एकीकृत नेकपा माओवादी पार्टीको नियन्त्रणमा रहेका ती हतियार अब कसको पहुँचमा जान्छ ?
 साढे तीन हजार हतियार गायब

२७ चैत ०६३। राष्ट्रसंघीय शान्ति मिसन -अनमिन)ले माओवादी लडाकूसँग भएका हतियारको तथ्यांक सार्वजनिक गर्‍यो। कन्टेनरमा २ हजार ८ सय ५५ हतियार भण्डारण, शिविर पेरििमटरको सुरक्षार्थ ५ सय २४ हतियार छुट्याइयो। त्यसबाहेक माओवादी नेतृत्वको सुरक्षाका लागि भनेर अनमिनले ९६ वटा हतियार दर्ता गर्‍यो। अर्थात्, कुल हतियारको संख्यालाई लिएर त्यसबेला संयुक्त हतियार अनुगमन समिति -जेएमसीसी)मा नेपाली सेनाले माओवादीको हतियार निकै कम दर्ता भएको भन्दै आपत्ति नै जनाएको थियो। नेपाली सेनाले जेएमसीसीमा लिखित रूपमै फरक मत पनि राख्यो।
सेनाको तथ्यांक अनुसार सुरक्षाफौज -प्रहरी, सशस्त्र प्रहरी र सेना)बाट लुटिएका ३ हजार ४ सय ३० हतियारमध्ये २ हजार ८ सय २४ थान हतियार मात्र कन्टेनरमा छन््। सुरक्षाफौजका ७५ थान हतियार माओवादी नेतृत्वको सुरक्षामा प्रयोग भएको देखियो। सोझो हिसाबले पनि बाँकी रहेका ७ सय ८२ थान हतियार कहाँ गए त ? के माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भनेझैँ ती सबै हतियार खोलाले बगाएकै हो त ?

त्यसो त तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले विद्रोहीले केही प्रतिशत हतियार लुकाउनु स्वाभाविक भएको अभिव्यक्ति दिएर यो मुद्दालाई विषयान्तर पनि गरििदएका थिए। भलै, नेपाली सेनाले पछिसम्म जेएमसीसीका विभिन्न बैठकमा त्यसलाई मुख्य मुद्दा बनाइरह्यो।

हुन त शरीरमा फोल्ड गरी लुकाउन मिल्ने हतियार सर्ट मेसिनगन -एसएमजी), अत्याधुनिक एके-४७ राइफल, पेस्तोललगायतका हतियार बाहिर राख्नु वा हरायो भन्नु स्वाभाविक मान्न सकिएला। तर, ८१ एमएम म्ाोर्टार, जीपीएमजी, एलएमजीजस्ता ठूला हतियार उल्लेख्य परमिाणमा नदेखिनु अस्वाभाविक छ। सरकारको अभिलेखमा माओवादीले विभिन्न भिडन्तबाट ११ वटा ८१ एमएम म्ाोर्टार नियन्त्रणमा लिएका थिए, जसमध्ये सात थान मात्र कन्टेनरमा राखिएको छ भने चार थान शिविरबाहिरै छ। एक थान रकेट लन्चर, एक थान जीपीएमजी, १९ थान एलएमजीजस्ता सुरक्षाफौजबाट लुटिएका ठूला हतियार अनमिनको दर्तामा छैन।

रोचक कुरा त के छ भने, कन्टेनरमा राखिएका अधिकांश हतियार बिग्रेका, थोत्रा र हतियारको संख्या बढाउनका लागि मात्र दर्ता गरएिका थिए। ०६३ सालमा अनमिनले बुझ्ने क्रममा ६ सयजति हतियार त कामै नलाग्ने अवस्थाका थिए। संख्या बढाउनकै लागि माओवादीले सकेट पाइपलाई समेत हतियारका रूपमा दर्ता गराएको पाइएको छ।

सुरक्षाफौजबाट प्राप्त हतियारबाहेक बाहिरी स्रोतबाट ल्याइएका ३ सय १८ र घरेलु प्रविधिबाट निर्माण गरएिका माइन, सकेट बमलगायतका २ सय ३५ थान हतियार पनि अनमिनमा दर्ता भए। तीमध्ये संसारभर अधिकांश विद्रोहीले प्रयोग गर्ने एके-४७ राइफलको संख्या ३३ थियो, जो शान्ति प्रक्रियाको पाँच वर्षसम्म शिविर र पार्टी नेतृत्वकै सुरक्षामा रह्यो।

यहाँनिर उल्लेख्य के छ भने ०६३ साल भदौमा काभ्रेको कामीडाँडामा माओवादीको तेस्रो डिभिजनले हतियार प्रदर्शन गर्दा करबि डेढ दर्जन एके-४७ त एकै ठाउँमा देखिए। त्यतिबेला शान्तिवार्ता चलिरहेको थियो। त्यसको डेढ साता नबित्दै चितवनको हर्नामाडीमा तेस्रो डिभिजन अन्तर्गतकै प्रताप स्मृति बि्रगेडले अर्को सैन्य प्रदर्शन गर्‍यो। त्यहाँ पनि आधा दर्जन एके-४७ राइफल थिए। अर्को बि्रगेडको सैन्य शक्तिलाई मिलाएर गणना गर्ने हो भने काठमाडौँ रङि क्षेत्रमा खटाइएको तेस्रो डिभिजनमा मात्र तीन दर्जनभन्दा बढी एके-४७ राइफल थिए। अन्य डिभिजनमा डेढ दर्जन मात्र एके-४७ भए पनि सातवटा डिभिजनसँग झन्डै १ सय ५० को हाराहारीमा यो शक्तिशाली हतियार थियो। तर, अनमिनको दर्तामा ती हतियार देखिएनन्।

माओवादी शान्ति प्रक्रियामा आउने बेलामा उनीहरूका केवल २१ वटा बि्रगेड थिए। पछि सहरी गुरल्िला दस्तालाई मिसाएर सातवटा नयाँ बि्रगेड बनाइएको थियो। द्वन्द्वकालमा माओवादी
लडाकूको एक कम्पनीमा सरदर ८० देखि १ सय २० जति सदस्य हुन्थे। तिनमा स्वचालित, अर्धस्वचालित र भरुवा गरी ४०/५० जति हतियार हुन्थे। बाँकी सदस्यले सकेट बम, गि्रनेड वा घरेलु प्रविधिका बम बोक्थे। द्वन्द्वको समयमा खिचिएको लडाकू दस्ताका विभिन्न तस्बिर तथा भिडियो फाइलले पनि त्यो कुरा पुष्टि गर्छन् । सातौँ डिभिजनका निमित्त कमान्डर वीरेन्द्र बुढा भन्छन्, "युद्धको समयमा योजनाको सापेक्षता अनुसार हतियारको केन्द्रीकरण र विकेन्द्रीकरण भइरहन्थ्यो।"

मानौँ, एक कम्पनीमा काम लाग्ने हतियारको संख्या ४० कै दरले हिसाब गर्दा त्यो संख्या एक बि्रगेड -नौवटा कम्पनी)मा ३ सय ६० हुन्छ। शान्ति प्रक्रियामा आउने बेलासम्म भएका २१ वटा बि्रगेडलाई आधार बनाउने हो भने माओवादीसँग ०६३ जेठसम्म साढे सात हजार हतियार -सकेट बम एवं घरेलु हतियारबाहेक) मौज्दात थियो। तर, अनमिनमा ३ हजार ४ सय ७५ हतियार मात्रै दर्ता भए। यस आधारमा साढे तीन हजारभन्दा बढी अर्थात् आधा हतियार कहाँ गए त ? तत्कालीन गृहमन्त्री एवं हाल नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला भन्छन्, "विद्रोहीहरूले राज्यसँग सम्झौता गर्दा सबै हतियार बुझाएको संसारमा कहीँ रेकर्ड छैन। यहाँ पनि लुकाएका भए त्यसलाई अस्वाभाविक मान्नुहुँदैन।"



यसरी आउँथ्यो हतियार

०४५ सालमा मनाङबाट ल्याइएको १२ बोर बन्दुकले 'जनयुद्ध' थालेकामा गर्व गर्छन्, माओवादी अध्यक्ष प्रचण्ड। तर, विद्रोह चर्कंदै जाँदा माओवादीसँग हजाराँैका संख्यामा हतियार जम्मा भए। खासमा माओवादीले हतियार पाउने मुख्य चार स्रोत थिए । ती थिए, सुरक्षाफौजबाट लुट्ने, स्थानीय बासिन्दाका हतियार खोस्ने, विदेशी हतियार दलालसँग खरदि गर्ने र घरेलु हतियार निर्माण गर्ने। सुरक्षाफौजबाट खोसिएका हतियारको सूची राज्यसँग अद्यावधिक छ। तर, स्थानीय बासिन्दाबाट कति हतियार माओवादीले लिए, त्यसको कुनै हिसाबकिताब छैन। विदेशबाट किनिएका एके-४७ जस्ता हतियारको पनि कुनै रेकर्ड छैन। सुरुमा भारतमा विद्रोहरत कम्युनिस्ट नक्सलवादी समूहले उपहारस्वरूप माओवादीलाई एउटा एके-४७ राइफल दिएको थियो, जुन ०५८ मंसिरमा नेपाली सेनाको दाङस्थित ब्यारेक हमलामा प्रयोग गरएिको थियो। पछि द्वन्द्वको उत्कर्षमा माओवादीहरूले दलालमार्फत पन्जाबलाई अलग राज्य बनाउन भूमिगत रूपमा सक्रिय खालिस्तानी समूहको र कश्मीर द्वन्द्वमा प्रयोग भएका एके-४७ खरदि गरेका थिए।

माओवादीले ०५८/०५९ सालतिर उत्तरी तिब्बती नाकाबाट हतियारका अवैध कारोबारीमार्फत राइफल र पेस्तोल खरदि गरे। ०६० सालमा सिन्धुपाल्चोकका आनन्द श्रेष्ठलगायत चार जनाको समूहलाई चिनियाँ प्रहरीले हतियारसहित पक्राउ गरेर फाँसीको सजायसमेत सुनायो। पछि माओवादी सरकारको पालामा उनीहरूलाई माफी दिइयो।

स्थिति कस्तोसम्म थियो भने जनआन्दोलनको पूर्वसन्ध्यामा नेपाली सेनामा गोलीगट्ठाको अभाव चर्किंदै गएको थियो तर माओवादीसँग पर्याप्त हतियार थियो। उनीहरूले भारतकै भूमिबाट दलालमार्फत ट्रकका ट्रक विस्फोटक पदार्थ नेपाल भित्र्याएका थिए।

शान्ति प्रक्रियामा हतियार लुक्ने डरले नेपाली सेनाले 'एक लडाकू एक हतियार'को प्रस्ताव अघि सारेको थियो। त्यो लागू भएको भए माओवादी आफूसँग भएका सबै हतियार देखाउन बाध्य हुन सक्थे। तर, त्यसबेलाको राजनीतिक सहमति उनीहरूलाई सबै हतियार बुझाउन बाध्यकारी भएन। बिस्तारै सेनाले पनि त्यो कुरा उठाउन छोड्यो। आखिर किन ? "राजनीतिक माहौल बिस्तारै निणर्ायक मोडमा पुग्नै लागेका बेला हतियारको विषयले प्राथमिकता नपाएको मात्रै हो," नेपाली सेनाका एक जना पूर्वरथी भन्छन्, "संविधान लेखिसकेपछि हिजो द्वन्द्व व्यवस्थ्ाापनमा के-के गल्ती भयो, आत्मसमीक्षा हुनेछ, त्यसमा हतियारको मुद्दा फेर िपनि निस्कन्छ।"



अब के होला ?

सातौँ डिभिजनबाट दराज बाहिरएिको मुद्दा आन्तरकि रूपमा त्यतिसाह्रो उठेन। तर, त्यसको तुलनामा तेस्रो, चौथो र पाँचाँै डिभिजनमा भने शिविरभित्रैका लडाकूले सामान बाहिरएिको घटनाप्रति खूबै चियो गरे। जस्तो कि, चैत महिनाभर स्वैच्छिक अवकाश रोजेका लडाकूहरूले दिनमा मात्र होइन, राती पनि ब्यारेकको मूल गेटमा धर्ना दिइरहे। त्यसको मूल कारण हतियारमाथि नजर राख्नु पनि थियो।

०६३ माघदेखि शिविरका हतियार अनमिनमा दर्ता गर्ने प्रक्रिया सुरु भइसकेको थियो। त्यसबेला भर्खरै गठित यङ् कम्युनिस्ट लिग -वाईसीएल)लाई माओवादीले ब्यारेकबाहिरको सैन्य फोर्सका रूपमा विस्तार गर्‍यो। हुन पनि लडाकू पृष्ठभूमिका करबि २ हजार ५ सय राजनीतिक रूपमा योग्य मानिएका कमिसार-कमान्डरलाई वाईसीएलमा सारयिो। वाईसीएलमा आएपछि उनीहरू सहरमा पनि फौजी शैलीको ब्यारेक प्रणालीमा बसोवास गर्न थाले। द्वन्द्वकालकै जस्तो गरी साना स्वचालित हतियार विभिन्न तहगत वाईसीएलका नेताहरूलाई वितरण गरयिो। केही हतियार जनवर्गीय संगठनमा दिइयो। केही राज्य समितिहरूलाई बाँडियो। र, केही ठूला हतियार भने पहिल्यै विश्वस्त आफन्तजनका घरमा लुकाइएको थियो।

पार्टी नेतृत्वले गत वर्षको माघदेखि छरएिर रहेका हतियारलाई केन्द्रीकृत गरी शिविरभित्रै राख्ने निर्णय गर्‍यो। त्यसबेला शिविरमा अनमिनको अनुगमन पनि थिएन किनभने अनमिन फर्किर्सकेको थियो। भर्खरभर्खर निरीक्षणमा आएका सेना तथा प्रहरीका अधिकृतले मेसो पाइसकेका थिएनन्। त्यही मौकामा देशव्यापी रूपमा छरएिका माओवादीका हतियार फेर िमुख्य शिविरमा केन्दि्रत भयो। माओवादी एक पोलिटब्युरो सदस्यकै पहलमा राजधानीमा रहेका एक जिप हतियार त्यतिबेला चितवन पुगेको स्रोतको दाबी छ।

जब लडाकू समायोजन प्रक्रियाले मूर्त रूप लिन थाल्यो, लडाकूहरू स्वैच्छिक अवकाश रोज्ने नीलो र समायोजन रोज्ने रातो वर्गमा विभाजित भए। स्वैच्छिक अवकाश रोज्ने घर गए। तिनमा अधिकांश कमान्डरहरू वैद्य पक्षका थिए। उनीहरूले शिविर छोड्ने बेला आर्थिक पारदर्शिताका प्रश्न मात्र उठाएनन्, शान्ति प्रक्रियामा आउने क्रममा लुकाइएका हतियारको सोधीखोजी पनि गरे। केही ठाउँमा बाहिर लुकाउन राखिएका हतियार बेचिएको हल्ला पनि भयो, केही हराएको जानकारी दिइयो।

२८ चैतमा माओवादी लडाकू, हतियार र शिविरको जिम्मा नेपाली सेनालाई दिइएपछि विशेष समितिमातहतको सचिवालयले सबै शिविरमा रहेका हतियारको लागत र बुझबुझारथ नेपाली सेनालाई गरसिकेको छ। एकाध ठाउँमा हतियारको संख्या कम देखिएको छ। केही ठाउँमा राष्ट्र संघको अभिलेखभन्दा गोलीगट्ठाको संख्या तलमाथि देखियो। जस्तो ः सुर्खेतमा दुई १२ बोरको गोली कम देखियो र ६ वटा स्वचालित हतियारका म्याग्जिन रेकर्डभन्दा बढी भेटियो। भलै त्यसलाई सचिवालयका सदस्यले न सोधीखोजीको विषय बनाए, न त अरूहरूले नै आपत्ति जनाए। नेपाली सेनाले भने हतियार थपघटको विषयलाई आफ्नो भित्री अनुसन्धानको विषय मात्र बनाएको छ। "अहिले हतियार, शिविर र लडाकूलाई आफूमातहतमा राख्ने काम भएको छ," सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र क्षेत्री भन्छन्, "निश्चित समयपछि छानबिनको क्रममा जानेछौँ।"

माओवादी लडाकू समायोजन प्रक्रिया लगभग टंुंगोमा पुगेर शान्ति र संविधानको प्रक्रिया निणर्ायक बाटोतिर अग्रसर भइरहेका बेला द्वन्द्वकालका बाँकी हतियारको सोधखोज हुनु अस्वाभाविक होइन। किनभने, शान्ति प्रक्रिया टुंगिएपछि पनि हतियारको विवाद रहिरहने हो भने त्यसले समाजमा त्रासको अवस्था सिर्जना गररिहनेछ। त्यसैले द्वन्द्वकालका बाँकी हतियारको विवाद छिनोफानोमा अब ढिलाइ गर्नुहुन्न।





'हतियार लुकाउनु अस्वाभाविक होइन'

- कृष्ण सिटौला, महामन्त्री, नेपाली कांग्रेस

त्यसबेला सरकारसँग माओवादी हतियारको कुनै रेकर्ड थिएन । विद्रोहीहरूले राज्यसँग सम्झौता गर्दा सबै हतियार बुझाएको संसारभर रेकर्ड छैन । यहाँ पनि लुकाएका भए त्यसलाई अस्वाभाविक मान्नुहुँदैन । किनभने, त्यसबेलाको परिवेश नै अर्कै थियो । अब उनीहरूले राज्यलाई सबै हतियार बुझाइसकेका छन् । र, सैन्य संरचना पनि अन्त्य भइसकेको छ । पहिले शंका गर्नुपर्ने ठाउँ थिए, अब वातावरण मिल्यो भनेर बुझाउँदा केही फरक पर्दैन । राज्यले यस्तो बेला द्वन्द्वका हतियारको खोजबिन गर्नुका साथै त्यसमा सतर्कता पनि अपनाउनुपर्छ । माओवादीमा फरक विचार पक्षधर मोहन वैद्यले सोच्नुपर्छ, हतियार राखेर न मुलुकलाई फाइदा छ, न उहाँहरूलाई नै । कहीँ राखिएका छन् भने ती हतियार मुलुकलाई बुझाइदिँदा सबैभन्दा उत्तम हुन्छ ।





'व्यक्तिविशेषले लुकाएका हुन सक्छन्'

- चन्द्रप्रकाश खनाल, डेपुटी कमान्डर, माओवादी लडाकू

केही दिन पहिले कैलालीको पहाडी क्षेत्रतिर केही मान्छे हतियारसहित हिँडिरहेको सामान्य हल्ला चलेको थियो । त्यो हतियार कसैले युद्धकालमै लुकाएका हुन सक्छन् । १० वर्षे द्वन्द्वमा विभिन्न मानिसका भिन्दाभिन्दै स्वार्थका कारण पनि ती हतियार कतै गायब पारिएका हुन सक्छन् । तर, जनमुक्ति सेनाले अहिलेसम्म कुनै पनि गैरकानुनी हतियार शिविरबाहिर राखेको छैन । पार्टीले संस्थागत रूपमा सबै हतियार अनमिनमा दर्ता गराएको हो । अहिले मोहन वैद्य पक्षले हतियार लिएको भन्ने ठोस आधार छैन । हल्लाकै भरमा कसैलाई आरोप लगाउन पनि मिल्दैन । मभन्दा माथिल्लो निकायमा शान्ति सम्झौताका बेला हतियार लुकाएको भए बेग्लै कुरा, होइन भने कुनै शिविरबाहिर हतियार राखेको मेरो जानकारीमा छैन ।





हतियार विवादबारे अनमिन

यो कुनै नौलो होइन, संख्यामा जनाइएका र हराएका भनिएका हतियारको संख्यामा केही भिन्नता रहेको छ। हतियारको संख्यामा कमी आउनुका पछाडि भिडन्तका क्रममा हराएको वा प्रयोगमा आएको, दुरुपयोग र समयक्रममा नष्ट भएका जस्ता कारणहरू रहेका छन्। यी हतियारहरू नेपालभर िभिडन्तका क्रममा प्रयोगमा आएका थिए। कतिपय स्थानमा अत्यन्त प्रतिकूल अवस्थामा समेत यी हतियारहरू प्रयोगमा आएका यिए। यो पनि स्वाभाविक छ कि दुवै पक्षको दाबीलाई दुरुस्तै स्वीकार गर्न पनि सकिन्न।

माओवादी लडाकूले उल्लेख गरे अनुसार हतियार हराएका र काम नलाग्ने हुने गरी भएका घटनाका केही उदाहरण :

ड्ड बेनी आक्रमणका क्रममा धेरै हतियार माओवादीको हात नलागोस् भन्ने उदेश्यले सुरक्षाकर्मीहरूले हतियार जमिनमुनि गाडेका थिए। आक्रमणका क्रममा थुप्रै हतियार सेना र प्रहरीले नदीमा फालेको दाबीसमेत माओवादी लडाकूहरूले गरेका छन्।

-  सल्यानको दामाचौरमा धेरै हतियार जलेर नष्ट भएका थिए भने माओवादी लडाकूहरू हतियार कब्जा गर्न असमर्थ भएका थिए।

-  कणर्ालीको चिसापानीमा नेपाली सेना र प्रहरीका थुप्रै जवान डुबेका थिए, त्यसक्रममा धेरै हतियार हराएका थिए। पछि ती फेला परेनन्।

-  रुकुमको खारामा प्रत्याक्रमणका क्रममा तीन थान ८१ मिमि मोर्टार नष्ट भएका थिए।

-  कपिलवस्तुमा आक्रमणको तयारी भइरहँदा, धानखोलाको नजिक रहेको अस्थायी भण्डारणमा रहेको हतियार, गोलीगट्ठा तथा बन्दोबस्तीका सामानमा आगो लागेको थियो। त्यस क्रममा भएको विस्फोटनमा बि्रगेड कमान्डरसहित केही लडाकूहरूको मृत्यु भएको थियो।

-  जुम्ला आक्रमणका क्रममा भएको तीव्र हिमपात र आँधीका कारण थुप्रै माओवादी लडाकू तथा हतियार हराएका थिए।

-  अछाम आक्रमणको तयारीका क्रममा लडाकूहरूले रातको समयमा मार्चपास गर्दा केही हतियार र लडाकूहरूसमेत हराएको दाबी गरएिको छ।

-  गण्डक कारबाहीका दौरानसमेत एउटा ८१ मिमि मोर्टार ट्युबसहित थुप्रै हल्का हतियार हराएका थिए।

के पनि भनिएको छ भने धेरै माओवादी लडाकूले आफ्ना हतियार लुकाएपछि नेपाली सुरक्षा फौजसामु आत्मसमर्पण गरेका थिए। कतिपय लडाकूहरू आत्मसमर्पणपछि पनि भूमिगत विद्रोही समूहमा आबद्ध हुन गएका थिए।

(२३ चैत ०६३ को माओवादी हतियारसम्बन्धी अनमिनको प्रतिवेदनबाट)





सेना के भन्छ ?

-  सातवटै मुख्य शिविरमा भण्डारण तथा शिविर सुरक्षार्थ प्रयोग भएको कुल हतियार संख्या ३ हजार ३ सय ७७। माओवादी नेतृत्वको सुरक्षाका लागि प्रयोग भएको हतियार संख्या ९६ नाल। कुल हतियार ३ हजार ४ सय ७३।

-  २७ चैत ०६३ मा जेएमसीसीले तयार पारेको माओवादी हतियारसम्बन्धी प्रतिवेदनमा उल्लेख गरएिभन्दा हाल प्राप्त विवरणमा १२ नाल हतियार कम। माओवादी नेतृत्वका लागि छुट्याइएका तथा थप हतियारहरूका हकमा दुई नाल कम।

-  जेएमसीसीको प्रतिवेदनको दाँजोमा थि्रनटथ्री राइफल सात नाल बढी तर अधिकांश आधुनिक हतियारहरू भने कम।

-  जेएमसीसीको अन्तिम प्रतिवेदनमा दुई इन्च मोर्टारको महलमा 'घरेलु निर्मित हतियारसरह' भनी समावेश गरएिकामा प्राप्त पछिल्लो विवरणमा सो खुल्न नसकी तथ्यांकमा निकै कम देखिएको।

-  जेएमसीसीको प्रतिवेदनको सटगन महलमा 'पम्प एक्सन' र 'भेरएिस मोडल' मात्र उल्लेख गरएिको। 'भेरएिस विपन' भनी एकमुष्ठ एयरगन, टियरग्यास आदि समावेश गरनिुका साथै घरेलु निर्मित भनी माइनहरू समावेश गरएिकाले वास्तविक संख्या पहिल्याउन गाह्रो भएको।

(जेएमसीसीका उपाध्यक्ष सहायकरथी पूर्णचन्द्र थापाले सैनिक मुख्यालयलाई ०६७ माघमा बुझाएको प्रतिवेदनबाट)

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out