सलमानलाई चित्त बुझेन सोनाक्षीको जिउ

सोनाक्षी सिन्हाले सुपरहिट फिल्म दबंग बाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी हुन् । निकै भद्दा जिउ भएकी सोनाक्षीले दबंगमा अभिनयका लागि उतिबेला आफ्नो तौल निकै घटाएकी थिइन् । सोनाक्षीको जिउ पहिले भन्दा अहिले निकै गठिलो तथा स्लिम बनिसकेको छ, तर पनि किन हो किन सलमान खानलाई भने सोनाक्षीको जिउ अझै चित्त बुझेको छैन ।

सोनाक्षीले अहिले सलमानसँगै दबंग २ को शूटिङ गरिरहेकी छिन् । अन्नदाता हिरो सलमान आफ्नो जिउप्रति असन्तुष्ट रहेको थाहा पाएकी सोनाक्षी अहिले पनि जिउलाई अझै स्लिम पार्न तथा तौल घटाउन मरिमेटेर लागेकी बताइएको छ ।

एजेन्सीहरुका अनुसार सलमान आफैले सोनाक्षीलाई वजन घटाउन सुझाव दिएका छन् । सलमानले भनेका छन्, ‘उनी खान्दानी परिवारकी हुन् त्यसैले मोटी छिन्, तर मैले उनलाई आफ्नो वजन कम गर्न भनेको छु र उनले मान्दै पनि आएकी छिन् ।’

सोनाक्षीको वजन चित्त नबुझेपनि एक्टिङ कला निखारिँदै गएकोमा भने सलमान मख्ख छन् । साँच्ची सलमान त सोनाक्षीको फिटनेश गुरु नै बनेका छन् । बलिउडमा अरु धेरै हिरोइनको जिउ पनि भद्दा नै छ । त्यसैले उनीहरुलाई पनि सलमानकै साथ चाहिए जस्तो छ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out