फेरि अर्को स्क्यान्डल

एडल्ट सर्टिफिकेट पाएका चलचित्र भटाभट हिट भैरहेका बेला अरू चलचित्रले पनि कथामा जर्बजस्ती यौन दृश्य र अश्लील शब्द राख्न  थालेका छन्। अहिले यो दर्शक तान्ने राम्रो मेसो भएको छ। चलचित्र चन्द्रावतीमा पनि जर्बजस्ती २ मिनेटको यौन दृश्य राखिएको छ रे, यो  कुरा अरू कसैले नभनेर चलचित्रकी नायिका शशि खड्का आफैंले भनेकी हुन्। निर्देशक राजु गिरीले एउटा सिन अझै बाँकी छ भनेर पो खराको एउटा बगरमा गोधूलि सन्ध्या पारेर उक्त यौन दृश्य खिचेका हुन्। शशिको आरोपअनुसार उक्त दृश्य खिच्न निर्देशकले जर्बजस्ती गरेका  थिए।
शशि भन्छिन्- नायिकालाई चाहना भएपछि बगरमै नायकले उनीसँग यौन सम्बन्ध राखेको दृश्य बिना स्क्रिप्ट राम्रो टि्रट बाँकी नै छ  भनेर खिचिएको हो। यही विषयलाई लिएर निर्देशक र नायिकाबीच विवाद पनि चलिरहेको छ। निर्देशक गिरी भने सम्झौता अनुसारनै शशीले  उक्त दृष्य दिएको दावी गर्छन् । यस्तै घटना पछिल्लो सफल चलचित्र चपली हाइटको तस्बिर सार्वजनिक हुँदा पनि देखिएको थियो। यद्यपि त्यो  झगडालाई पब्लिसिटी स्टन्ट मान्नेहरूको कमी छैन। अहिले फेरि नायिका शशि खड्का र निर्देशक राजु गिरीबीच यौन दृश्यकै विषयमा त्यस्तै  विवाद हुन थालेपछि कतिपयले अनुमान गरेका छन्, यो पक्कै अर्को पब्लिसिटी स्टन्ट हो।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out