मापसेले सुकायो प्रहरीको कमाई

काठमाडौं, चैत १२ । मादक पदार्थ सेवन गरेर सवारी चलाउनेविरुद्ध ट्राफिक प्रहरीले कडा अभियान सुरु गरेपछि राजधानीको केन्द्र ठमेल,दरबारमार्ग क्षेत्रका रेष्टुरेन्टहरू धमाधम बन्द हुन थालेका छन्। जसको प्रभाव प्रहरीलाई समेत परेको छ। महिनाको लाखौं कमाउने उद्देश्यले मोटो रकम बुझाएर गएका प्रहरी अधिकारीहरू अहिले रात्रीकालिन व्यवसाय सुकेपछि निराश बनेका हुन्। खासगरी महानगरीय प्रहरी प्रभाग दरबारमार्ग र सोह्रखुट्टेका तिलक भारती छटपटीमा परेको स्रो त बताउछ।

इन्सपेक्टर दाहालले गृहमन्त्री विजयकुमार गच्छेदारका छोरा सुवास चौधरीलाई १० लाख बुझाएर सरुवा भएका थिए भने इन्सपेक्टर भारती माओवादी नेताहरूको सोर्सफोर्समा। इन्सपेक्टरको एक नम्बर पोष्टिङ मानिने सोह्रखुट्टेमा एक वर्षअघिसम्म् इन्सपेक्टरले मासिक १० लाखसम्म कमाउथे। त्यही लोभमा इन्सपेक्टर भारती सातदोबाटो प्रभागबाट सोह्रखुट्टे पुगेका थिए। तर मासिक दुई लाख पनि नउठेपछि उनी मसाज व्यवसायीलाई थर्काएर पैसा उठाउन थालेका छन्।
त्यसैगरी दरबारमार्गका इन्सपेक्टर दाहालले भने क्यासिनोबाट रकम उठाइरहेको स्रोत बताउछ। उनले घुमुवा असई रमेश श्रेष्ठलाई परिचालन गरेर पैसा उठाउने गरेका हुन्। राति अबेरसम्म पनि भीडभाड देखिने राजधानीका ठमेल, दरबारमार्गलगायतका क्षेत्र अहिले साँझ नपर्दै सुनसान हुन्छन्। होटल, रेस्टुरेन्ट, दोहोरी साँझलगायत अबेरसम्म खुल्दैनन्। प्रहरीले मादक पदार्थ सेवन (मापसे) गर्नेलाई कारबाही थालेपछि राजधानीको रात्रिकालीन व्यवसाय प्रभावित बनेको हो। डान्सबार, डिस्को, दोहोरी साँझलगायतका रेस्टुरेन्टमा ८० प्रतिशतसम्म व्यापार घटेको व्यवसायी बताउँछन्। पछिल्लो महिनामा मात्र २० वटाभन्दा बढी डान्सबार बन्दसमेत भएको उनीहरूको भनाइ छ। काठमाडौं परिसरका एक प्रहरीका अनुसार ठमेल क्षेत्रका रेस्टुरेन्ट तथा डान्सबार अहिले सधैंजसो सुनसान हुन्छन्। 

दरबारमार्गस्थित आई क्लबका सञ्चालक स्टालिन शेरचनका अनुसार पछिल्लो ६ महिनामा
व्यापार घटेकै कारण दुई दर्जन डान्सबार बन्द भएका छन्। सञ्चालनमा रहेकाले पनि मुस्किलले खर्च धानेको उनले बताए। रात्रिकालीन व्यवसायको व्यापारमा कमी भएको र तलबसमेत दिन नसकिने अवस्था आएको उनको भनाइ छ।
रात्रिकालीन व्यवसायी संघका अध्यक्ष समीर गुरुङले व्यापारमा मन्दी आइरहेका वेला सरकारी नियमले पनि संकट थपेको बताए। 'अहिले राजधानीको रात्रिकालीन व्यवसाय धराशायी बनेको छ,' उनले भने, 'व्यापारमा मन्दी आइरहेका वेला सरकारले ल्याएका विभिन्न नियमले झन् संकटमा पुर्‍याएको छ।'
रात्रिकालीन व्यवसायमा ५० देखि ६० हजार कामदार निर्भर रहेको अनुमान छ। व्यवसाय चल्न छोडेपछि महिला श्रमिक वेश्यावृत्ति र पुरुष आपराधिक गतिविधिमा संलग्न रहेकोसमेत गुरुङले दाबी गरे।
प्रहरीको मापसे कारबाही अभियानले रात्रिकालीन व्यवसाय प्रभावित भएको हो। प्रहरीले मदिरा सेवन गरेर सवारी चलाउनेलाई नियन्त्रणमा लिएर एक रातभर थुनेर एक हजार जरिवाना लिने र परिवारको जिम्मा लगाउने गरेको छ। यस्तो कारबाही सुरु भएपछि राति अबेरसम्म डान्सबार, डिस्को तथा रेस्टुरेन्टमा जानेहरू घटेको प्रहरी अनुमान छ। १७ मंसिरदेखि सुरु भएको अभियानअन्तर्गत करिब पाँच हजारजना कारबाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

मापसे अभियानपछि व्यवसाय संकटमा परेको भन्दै व्यवसायीले प्रशासनसँग रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन छलफल थालेका छन्। रात्रिकालीन व्यवसाय हाल १२ बजेसम्म सञ्चालन गर्ने अनुमति छ। अझ समय बढाउन व्यवसायीले माग गरेका छन्। डान्स र दोहोरी एक बजेसम्म र डिस्को दुई बजेसम्म खोल्न पाउनुपर्ने उनीहरूको माग छ। यस विषयमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेले बताए।
स्रोतका अनुसार डान्सबार, डिस्को, दोहोरी तथा गजलबार भएका दरबारमार्ग र ठमेल क्षेत्रमा व्यवसायीको मागअनुसार नियम लागू गर्ने तयारी भइरहेको छ। यसअघि प्रशासनले सुरक्षाको कारण देखाउँदै १२ बजेसम्म मात्र त्यस्ता व्यवसाय चलाउने अनुमति दिएको थियो। तर, ठमेल रात्रिकालीन व्यवसाय मात्र नभई पर्यटकीय गन्तव्य पनि भएकाले कडाइ हुँदा पर्यटन व्यवसायमा पनि असर परेको व्यवसायीको भनाइ छ।  रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन आचारसंहिता बनाएर लागू गर्न सर्वाेच्च अदालतले गत वर्ष नै आदेश दिएको थियो। तर, एक वर्ष बित्दा पनि गृह मन्त्रालयसहितका निकायले यसमा चासो दिएका छैनन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out