यतिबेलाकी नेपाली सिनेमाकी नम्बर वन नायिका हुन् रेखा थापा। आफ्ना हरेक क्रियाकलापलाई समाचार बनाउन सफल रेखाले निर्माण गरेको पछिल्लो चलचित्र हो रावण। आफ्नो सिनेमाको प्रचारप्रसारका लागि निकै धौडधुपमा लागेकी रेखा जहाँजहाँ जान्छिन् त्यहाँत्यहाँ एउटी युवती पनि पुग्ने गर्छिन्। प्रायः कार्यक्रमतिर रेखासँगै बस्ने र रेखालाई 'दिदी' भनेर सम्बोधन गर्ने गर्छिन् उनी। तपाईंहरूलाई कुतूहल लाग्न सक्छ कि तिनी को हुन्? यसरी रेखासँगै हिँड्ने अनि मायालु भावले रेखालाई 'दिदी' भनेर सम्बोधन गर्ने ती युवती अरू कोही नभएर चलचित्र 'चपलीहाइट'बाट एक्कासि हाइट बढाएकी नायिका विनिता बराल हुन्।
फेसन शोमार्फत र्याबप र म्युजिक भिडियोमा सीमित रहेकी विनिताको यतिबेला मुलुकमा मात्र होइन मुलुकबाहिर रहेका नेपालीमाझ पनि चर्चा छ। त्यसमाथि 'नम्बर वान' नायिका रेखा थापाले अब अरू कोही होइन विनिता नै नम्बर वन हुन् भनिदिएपछि त विनिता निकै हौसिएकी छिन्। रेखाले कुनै पूर्वाग्रहबिना र प्रोत्साहनस्वरूप सार्वजनिक कार्यक्रममा नै विनिताको बखान गरिदिएकी छिन्, 'विनिताले गरेजस्तो अभिनय त म पनि गर्न सक्दिनँ। गजबकी कलाकार हुन् यिनी।' रेखाको यो भनाइ सार्वजनिक भएपछि मिडियामा विनिता झनै छाइन्। त्यसो त राम्रो कामको प्रशंसा गर्न जान्नुपर्छ र कञ्चुस गर्नुहुन्न भन्ने गतिलो उदाहरण पनि रेखाले प्रस्तुत गरिदिइन्।
आफ्नाबारे यसरी खुलेर प्रशंसा गर्ने रेखाको फिल्म चल्ने समयमा प्रमोशनका लागि किन सहयोग नगर्ने त? सायद यस्तै लागेर होला विनिता पनि 'रेखा दिदी'को फिल्मलाई सहयोग गर्नुपर्छ भन्दै हिँड्न थालेकी छिन्। एउटी नायिकाले अर्कोको कुरा काट्ने, खुट्टा तान्ने अनि इर्ष्या गर्ने यो भीडमा अरूले पनि रेखा र विनिताबाट सिक्ने कि?
De Goli (2017): Indian Pop MP3 Songs
4 months ago