सलमान-शाहरुख दुस्मनी नयाँ चरणमा

बलिउडका दुइ खान, सलमान र शाहरुख खानबीचको मनमुटाव पछिल्लो समय फेरी चर्किएको छ । क्रिकेटमा महाशतक हान्ने सचिन तेन्दुलकरको सम्मानमा भारतीय धनाढ्य मुकेश अम्बानीले मुम्बइमा हालै आयोजना गरेको एक पार्टीबाट किंग खान र दबंग खानको दुस्मनीले फेरी चर्किने मौका पाएको छ ।

उक्त पार्टीमा सलमान खानले सचिनको प्रसंसा गर्ने नाममा अप्रत्यक्ष रुपमा शाहरुख र उनको फिल्म डन टू प्रति छेडछाँड गरेपछि दुइ खानबीचको विवाद फेरी सतहमा आएको हो ।

उक्त पार्टीमा सलमानले सचिन तेन्दुलकरको रेकर्ड कसैले ब्रेक गर्न नसक्ने प्रसँग उल्लेख गर्दै क्रिकेटलाई फिल्म डन र सचिन तेन्दुलकरलाई हिरोको रुपमा प्रस्तुत गरेका थिए । ‘जसरी डन लाई भेट्टाउन गाह्रो अझ भनौँ असम्भव छ, त्यसैगरी सचिनको किर्तिमान तोड्न पनि असम्भव छ’, सलमानले उक्त पार्टीमा भनेका थिए ।

सलमानको उक्त भनाइप्रति दर्शकदीर्घामा सन्नाटा छाएको थियो । शाहरुखको डन-टू फिल्म फ्लप भएको र त्यसले यसअघि अमिताभ बच्चन अभिनित फिल्म डनलाई भेट्टाउन नसकेको आसयमा सलमानले यसो भनेको र उनले घुमाइघुमाइकन शाहरुखको खिल्ली उडाएको कतिपयको बुझाइ थियो । तर सलमानले भने आफुले कसैलाई घोचपेच गरेको नभइ अमिताभको फिल्म डन को बारेमा आफ्ना बुवाले गरेको कमेन्टलाई हु बहु उतारको बताएर स्पष्टिकरण दिन खोजेका थिए ।

तर गएको सोमबार भएको एक कार्यक्रममा शाहरुखले सलमानको उक्त टिप्पणीप्रति आपत्ति जनाएका थिए । ‘उक्त टिप्पणी गलत हो’ शाहरुखले संचारकर्मीसँग भनेका छन् ।

यता सलमानले भने एक पत्रकार सम्मेलनमा आफ्नो सही रहेको भन्दै शाहरुखले चित्त दुखाउन आवश्यक नरहेको बताएका छन् । ‘मेरो भनाइमा चित्त दुखाउनुपर्ने ऊ को हो र ?’ सलमानले प्रश्न गरेका छन् । हेरौँ सलमानको यो प्रश्नको उत्तर शाहरुखले कसरी दिने हुन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out