विद्या बालनलाई गुरुआमा बनाउँदै सन्नी

सायद ‘बिग बोस’मा इन्ट्री पाउँदैमा आफुले बलिउडमा काम गर्न पाउँछु भन्ने सन्नी लियोनलाई लागेको थिएन होला । तर भाग्य चम्केपछि कसको के लाग्छ र ? पोर्न स्टार सन्नी लियोनलाई निर्माता महेश भट्टले आफ्नो फिल्ममार्फत बलिउडमा डेब्यु गराउने भए ।
महेश भट्टको फिल्म जिस्म-२ मार्फत बलिउडमा ब्रेक पाएकी सन्नी लियोनले बलिउडको आफ्नो इन्ट्रीलाई धमाकेदार बनाएर आफुलाई बलिउडमै स्थापित गर्न चाहन्छिन् । बलिउडमा जम्ने आफ्नो चाहनालाई सन्नीले यसअघि पनि खुलस्त पारिसकेकी छिन् ।
तर ब्लु फिल्ममा खेले जस्तो मूलधारका फिल्ममार्फत चर्चा पाउन सजिलो छैन । मूलधारका फिल्ममा खेल्नका लागि अभिनय कला पनि उत्तिकै दमदार हुनु आवश्यक छ । यहीँ कुरालाई मध्यनजर गर्दै सन्नी लियोनले बलिउडका धेरै पात्रहरुबाट विभिन्न कुरा सिक्ने चाहना समेत राख्न थालेकी छिन् । यसै क्रममा सन्नी लियोनले विद्या बालनसँग आफुले धेरै कुरा सिक्न चाहेको खुलासा गरेकी छिन् ।

डर्टी पिक्चर बाट चर्चाको शिखर चुमेकी विद्या बालनलाई कामुकताको मामिलामा सन्नीले अवश्य उछिन्नेछिन् तर डर्टी पिक्चरमा विद्याको धमाकेदार अभिनयको सिको भने उनले गर्नैपर्ने हुन्छ । त्यहीँ यथार्थलाई ध्यान दिँदै सन्नीले विद्याबाट केही टिप्स लिन चाहेकी हुन् ।

हिन्दी भाषा सिकिरहेकी सन्नीले आफुले डर्टी पिक्चर हेरेको र त्यसमा विद्याको अभिनयबाट निकै प्रभावित भएको बताइन् । हाल भारतमा रहेकी सन्नीले एक पत्रिकासँगको अन्तरवार्ताका क्रममा भनेकी छिन्, ‘मलाई लाग्छ विद्या फिल्ममा निकै रोमाञ्चक र उत्कृष्ट ढंगमा प्रस्तुत भएकी छिन् । उनले यतिराम्रो अभिनय गर्छिन् भनेर मैले सोँचेकी थिइन । मैले उनीसँग भेट्न चाहन्छु र यदि उनी राजी हुन्छिन् भने केही टिप्स लिन चाहन्छु ।’ आफुले विद्याको उपदेश लामो समयसम्म सुन्ने सन्नी बताउँछिन् ।

सन्नी लियोनले आफुबाट उपदेश लिन चाहेको खबर विद्याले अवश्य पनि थाहा पाएकी छिन् तर यसबारेमा केही बोलेकी छैनिन् । पोर्न स्टारले आफ्नो भाउ बढाइदिएकोमा विद्या मख्ख त अवश्य पनि छिन् होला । तर सन्नीको गुरुआमा बन्न मान्ने हुन् वा होइनन् त्यो भने हेर्न बाँकी छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out