२० वर्ष ढुक्कले बल्ने बिजुलीको बल्ब

तपाइँले आफ्नो घर कोठामा प्रयोग गर्नुभएको बिजुलीको बल्ब कति समयसम्म चल्छ ? सायद केही महिना देखि बढिमा वर्षदिनसम्म । तर अमेरिकामा यस्तो बल्बको निर्माण गरिएको छ जो २० वर्षसम्म निरन्तर बाल्दापनि बिगि्रँदैन ।

यो बल्बलाई डच कम्पनी फिलिप्सले बनाएको हो । साधारण बल्बमा प्रकाश दिनको लागि प्रयोग गरिने फिलामेन्टको साटो यो बल्बमा लाइट इमिटिङ डायोट अर्थात् एलइडी प्रयोग गरिएको छ । यहीँ एलइडीको कारण यो बल्बको आयु २० वर्ष भएको हो ।

अमेरिकाको उर्जा मन्त्रालयले आइतबार पृथ्वी दिवसको अवसरमा गरेको ब्राइट टूमरो नामको प्रतियोगितामा फिलिप्सले उक्त बल्बको डिजाइन प्रस्तुत गरेको हो । २० वर्ष आयु भएको उक्त बल्ब प्रतियोगितामा पहिलो भएको छ । ६० वाटको सामान्य बल्बले भन्दा यो एलइडी बल्बले कम बिजुली खपत गर्ने र बढि उज्यालो दिने बताइएको छ । यो एलइडी बल्बको मुल्य ६० डलर अर्थात् झण्डै ५ हजार रुपैयाँ पर्नेछ । अब छिटै यो बल्बलाई अन्तराष्ट्रिय बजारमा पठाइने फिलिप्सले जनाएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out