चीनका प्रमुख शहरमा प्रहार गर्न सक्ने क्षमता भएको क्षेप्यास्त्र परीक्षण

नयाँ दिल्ली, वैशाख ७ (एपी)- भारतले बेइजिङ र सांघाईसहित चीनका प्रमुख शहरहरुमा परमाणु हतियार प्रहार गर्न सक्ने क्षमता भएको नयाँ क्षेप्यास्त्रको बिहीबार सफल परीक्षण गरेको घोषणा गरेको छ। अग्नि ५ नाम दिइएको यो क्षेप्यास्त्रको क्षमता ५ हजार किलोमिटरसम्म रहेको छ।
 यसलाई चीनको क्षेत्रीय प्रभुत्वलाई चुनौती र भारतको एसियाली शक्ति बन्ने चाहनालाई दर्शाएको बताइएको छ।

भारतको डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसनका प्रमुख विजय सरस्वतले भारतको पूर्वीय तटीय क्षेत्रबाट बिहान ८ बजेर ७ मिनेट जाँदा क्षेप्यास्त्र प्रहार गरिएको बताए।  बुधबार राति नै प्रहारको तयारी गरिएको भए पनि मौसमका कारण स्थगित गर्नुपरेको थियो। २५ अर्ब रुपियाँको लागतमा यो क्षेप्यास्त्र बनाइएको थियो। यसलाई पूर्ण रुपमा तयार राखिनुअघि अझै चार पाँच पटक परीक्षण जरुरी रहेको भारतीय अधिकारीहरुले जनाएका छन्।

क्षेप्यास्त्रको होडमा चीन भारतभन्दा धेरै अगाडि छ। चीनसित भारतको कुनै पनि ठाउँमा प्रहार गर्न सक्ने अन्तरदेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरु छ। तर भारतको पछिल्लो लामो दूरीको क्षेप्यास्त्र अग्नि ३ को क्षमता ३५ सय किलोमिटर मात्रै थियो, जसले कुनै पनि मुख्य चिनियाँ सहर भेट्टाउन सक्दैन थियो।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out