ब्वायफ्रेन्डले धोका दिएपछि फेसबुकबाटै लाइभ आत्महत्या

ताइवानकी एम महिलाले फेसबुकमा च्याट गर्दै आत्महत्या गरेकी छिन् । ३१ वर्षकी क्लेयर लिनले फेसबुकमा साथीहरुसँग आफुले आत्महत्या गर्न लागेको लाइभ च्याट गर्दै विषालु ग्यास सुँघेर आत्महत्या गरेकी हुन् ।
१८ मार्चका दिन आफ्नो जन्मदिनको अवसरमा ती महिलाले फेसबुकमार्फत लाइभ आत्महत्या गरेकी हुन् । प्रहरीका अनुसार क्लेयरले आत्महत्याको समयमा नौ जना साथीहरुसँग च्याट गरिरहेकी थिइन् ।
उनले च्याटमा आफुले आत्महत्या गर्न लागेको जानकारी दिँदै कोइला जलाउने मकलबाट धुवाँ उडिरहेको फोटो आफ्नो मोबाइलमार्फत खिचेर फेसबुकमा अपलोड गरेकी थिइन् ।

साथीले आत्महत्या गर्न लागेको जानकारी पाएपछि च्याटमा रहेका चुंग हसिन नामका साथीले क्लेयरलाई झ्याल खोलेर कोइलाको मकललाई कोठाबाहिर फ्याँक्न र आत्महत्या नगर्न अनुरोध गरेका थियो । साथीको यस्तो आग्रहको जवाफ फर्काउँदै क्लेयरले धुवाँ पिएर आफु मर्न लागेको भन्दै आफुलाई अरु बढि नसम्झाउन भनेकी थिइन् ।
आफ्नो अन्तिम च्याटमा उनले चिनिया भाषामा लेखेकी थिइन्,’धेरै बेर भयो…. मेरो कोठा धुवाँले भरियो….मैले फेरी अर्को तस्वीर अपलोड गरेकी छु । म मरेपनि मलाई फेसबुक मन पर्छ … यहीँ फेसबुक मेरो लागि प्यारो विष पनि हो….हा हा ।’
आफ्ना ब्वायप|mेन्डले धोका दिएपछि विरक्तिएकी क्लेयरले यस्तो अचम्म तरिकाले आत्महत्या गरेकी अनुसन्धानबाट खुल्न आएको छ ।
अर्को अचम्म त के भने आफ्नो साथीले आत्महत्या गर्न लागेको जानकारी हुँदाहुँदै पनि च्याटमा रहेका ९ जना साथीहरुले प्रहरीलाई खबर गर्ने चेष्टा गरेनन् जसका कारण क्लेयर आत्महत्या गर्न सफल भइन् । आत्महत्याको केही समयपछि मात्रै क्लेयरका बुवाआमाले घटनाबारे जानकारी पाएर प्रहरीलाई खबर गरेका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out