गुगलको चमत्कारिक चश्मा (भिडियो सहित)

चर्चित इन्टरनेट कम्पनी गुगलले अनेकन सुविधाले युक्त अत्याधुनिक तथा चमत्कारी चश्माको विकाश गरेको छ । चमत्कारी चश्मा तयार गर्नका लागि संचालित ‘प्रोजेक्ट ग्लास’ नामको परियोजनाको पछिल्लो प्रगतिको बारेमा जानकारी दिँदै गुगलले आफ्नो नेटवर्किङ साइट गुगल प्लस मार्फत यो चमत्कारी चश्माको विषयमा तस्वीर तथा भिडियो सार्वजनिक गरेको हो ।

गुगल प्लस मार्फत सार्वजनिक गरिएको तस्वीरमा चश्मामा रहेको माइक्रोफोन तथा आंशिक रुपमा पारदर्शी भिडियो स्त्रिmन देखाइएको छ जो चश्मा लगाउने व्यक्तिको दायाँ आँखाको अगाडि पर्दछ ।

पछिल्लो अत्याधुनिक चश्माको विषयमा अनुसन्धान गर्ने शोधकर्ताहरुले गुगल प्लस मार्फत यसलाई सार्वजनिक गरी आफुले यसबारेमा सर्वसाधारणको राय बुझ्न चाहेको बताएका छन् । यो चश्मा बजारमा कहिलेदेखि आउँछ भन्नेबारेमा भने केहीपनि जानकारी गराइएको छैन ।

गुगलको प्रयोगशाला गुगल एक्सले आफ्नो विज्ञप्तीमार्फत प्रयोगकर्तालाई दुनियाका विभिन्न विषयमा सहजै जानकारी प्राप्त हुन सकोस् र यस विषयमा अरुलाई पनि जानकारी गराउन सकियोस् भन्ने हेतुले आफुहरुले पछिल्लो प्रविधिको विकाश गरेको बताएको छ ।

रियालिटी चश्माको विषयमा जारी गरिएको भिडियोका अनुसार यो चश्माबाट उपभोक्ताहरुले विभिन्न १४ प्रकारका सुविधा प्राप्त गर्न सक्नेछन् । यो चश्माबाट मौसम सम्बन्धि जानकारी, भौगोलिक स्थिति तथा डायरीमा लेखिएका व्यस्तता सूचिको जानकारी लगायतका विषयका सूचना चश्माले उपलब्ध गराउने बताइएको छ । साथै चश्माले ट्राफिक अवस्था, भूमिगत यातायातको व्यवस्था, तथा साथीसंगीहरुले भेट्न चाहेको वा कुराकानी गर्न चाहेको विषयमा पनि यो चश्माले जानकारी गराउनेछ । चश्मामा गुगल म्यापको समेत सुविधा रहेको र त्यसको सहायताबाट कुनैपनि व्यक्ति आफुले चाहेको ठाउँमा पुग्नसक्ने बताइएको छ । साथै यो चश्मामा क्यामरा पनि जडान गरिएकाले चश्मा लगाउने व्यक्तिले चश्माले नै फोटो समेत खिच्न सक्छ । त्यतिमात्र कहाँ हो र खिचिएको फोटो नेटवर्किङ साइट मार्फत साथीहरुसँग शेयर गर्न तथा भिडियो सम्वाद समेत गर्न सकिने सुविधा चश्मामा उपलब्ध छ । साथै यो चश्मामा गीत सँगीत समेत सुन्न सकिने सुविधा उपलब्ध छ ।

गुगलले आफ्नो यो चश्माको बजार मुल्य कति हुने ? भन्ने विषयमा औपचारिक रुपमा केहीपनि नबताएको भएपनि केही अन्तराष्ट्रिय संचार माध्यमहरुले भने यसको मूल्य अढाइ सय देखि ६ सय अमेरिकी डलर सम्म पर्नसक्ने अनुमान गरेका छन् । यस्तो चमत्कारिक चश्मा यो वर्षको अन्त्यसम्ममा बजारमा आउने सम्भावना रहेको बताइएको छ ।

स्मरण रहोस् यसअघि पनि विभिन्न कम्पनीले यस्तो प्रकारको सुविधासम्पन्न चश्मा बनाउने प्रयास गरेका भएपनि असफल भएका थिए । तर सन् २००८ मा एप्पल कम्पनीले लेजर प्रविधिमा आधारित टाउकोमा लगाउने डिस्प्ले सिस्टमको पेटेन्ट लिएको थियो जसमा आइपडबाट भिडियो हेर्ने सुविधा थियो । हालै सोनी तथा माइक्रोसफ्ट कम्पनीले पनि उपभोक्ताकोे आँखै अगाडि राख्न सकिने सानो डिस्प्ले स्त्रिmनको विकाश गर्नका लागि पेटेन्ट दर्ता गराइसकेका छन् । बीबीसी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out