ऋण माग्दै स्पेनका वेश्याद्धारा सेक्स हडताल

स्पेनका यौनकर्मी महिलाहरुले सेक्स हडतालको घोषणा गरेका छन् । देशको बिग्रँदो आर्थिक अवस्थासँगै आफुहरुलाई गुजारा चलाउन समेत गाह्रो भएको भन्दै यौनकर्मी महिलाहरुले बैंकहरुले आफुलाई ऋण उपलब्ध गराउनुपर्ने माग सहित सेक्स हडताल घोषणा गरेका छन् ।
आफुहरुलाई बैंकले विनासर्त ऋण उपलब्ध गराउने निर्णय नगरेसम्म आफुहरुको सेक्स हडताल जारी रहने उनीहरुको भनाइ छ । अचम्मको कुरा त के भने यौनकर्मी महिलाहरु हडताल अवधिभर अरु पुरुषसँग पहिलेकै नियमानुसार यौनक्रिडा गर्नेछन् तर ब्यांकरहरुलाई भने उनीहरुको अँगालोमा प्रवेश निषेध हुनेछ ।
यो सेक्स हडतालमा म्याडि्रडका उच्चस्तरीय यौनकर्मी महिलाहरुले भाग लिएका छन् । बैंकहरुले सर्वसाधारण जनतामाथिको आफ्नो दायित्व निर्वाह नगरेसम्म आफुहरुको हडताल अनिश्चितकालसम्मका लागि चल्ने भनाइ उनीहरुको छ ।
यसैबीच यौनकर्मी महिलाहरुले हडताल सँगै यौन सम्पर्कबाट टाढा राखेपछि ब्यांकरहरु तिर्खाएका मृग जस्ता बनेका खबर छ । ब्यांकरहरुले आफ्नो परिचय ढाँट्दै आफु इन्जिनियर तथा अन्य पेशामा आवद्ध रहेको भन्दै यौनकर्मी महिलाहरुसँग समागमको प्रयास गरेका छन् । यसरी आफ्नो परिचय ढाँटेर यौनको भोक मेटाउन आएका केही ढँटुवा ब्यांकरहरुलाई यौनकर्मी महिलाहरुले पक्राउ समेत गरेका छन् ।
स्पेनको राजधानी म्याडि्रडमा यौन व्यवसाय निकै फस्टाएको छ । त्यहाँका महंगा उच्चस्तरीय यौनकर्मी महिलाहरुको रेट प्रतिघण्टा न्युनतम ३ सय पाउण्ड छ । महंगो शुल्क लिने यौनकर्मी महिलाहरुको संगठनले गरेको हडतालले अर्थतन्त्रमा प्रभाव पार्ने भएकाले सरकारको ध्यान तानिने विश्वास सबैले गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out