अंग्रेजी नामको ओइरो

काठमाडौं, वैशाख ७ (नागरिक) - फिल्म बनाउँदा मौलिक नेपाली नामको खोजी गर्ने शिव रेग्मी यसपटक बदलिएका छन्। अन्य फिल्मकर्मीलाई जस्तै उनलाई पनि अंग्रेजी नामले तानेको छ। उनले शुक्रबार मुहूर्त गर्ने फिल्मको नाम राखेका छन्, 'सो सिम्पल'। केशव भट्टराई निर्माता रहेको फिल्ममा रेग्मीकी छोरीले प्रमुख भूमिका निर्वाह गर्नेछिन्।


निर्देशक रेग्मीको मात्र होइन अब रिलिज हुने र बन्ने अधिकांश फिल्म अंगे्रजी नामका हुनेछन्। देशको वास्तविक कथा बोकेको भनिएको फिल्म 'हाइवे' असार १ मा रिलिज हुँदैछ। यसका निर्देशक दीपक रौनियारले फिल्मलाई मौलिक बनाउने प्रयास गरे पनि नाम भने अंग्रेजी रोजे। यद्यपि 'हाइवे' चलनचल्तीको शब्द भने हो।

लगातार फिल्म बनाउने गोपीकृष्ण मुभिज 'होमवर्क' र 'बिकज आई लभ यु' निर्माण गर्ने गृहकार्यमा जुटेको छ। यसअघि 'कुसुमे रुमाल'का गीतहरुमा प्रयोग भएका शब्दबाट फिल्मको नाम जुराउँदै आएको थियो गोपीकृष्ण।

अंग्रेजी नाम राखे 'भिन्न' भइन्छ भन्ने मानसिकता धेरैको छ। यस्तै होडमा शोभित बस्नेतले 'प्लान' नाम राखेर फिल्म बनाए। फिल्म चल्न छोडेपछि स्टुडियो खोलेका कृष्ण चापागाईं पनि 'ब्वाइफ्रेन्ड' नामक फिल्म बनाउन जुर्मुराएका छन्। 'ब्ल्याक मेल'को रिलिज नहुँदै निर्देशक मधुसुदन भट्टराईले 'ब्ल्याक नाइट' दर्ता गरेका छन्। 'हात लाग्यो शुन्य'ले केही हात लाग्ने संकेत नदेखेपछि विजयविक्रम बस्नेत 'प्ले गर्ल' बनाउन इलाम पुगेका छन्।

'मैना'का निर्देशक केपी पाठक 'रेड मार्केट'को तयारीमा छन्। 'चपली हाइट'का निर्देशक दीपेन्द्र के खनालले पनि 'भिजिलान्ते' दर्ता गराउन भ्याइसके। सबिर श्रेष्ठ 'रेड वाइन'को तयारीमा छन्। उदय सुब्बाको फिल्म 'लभ इन चाइना बोर्डर' रिलिजको तयारीमा छ। अंग्रेजी नाममा धेरै मोह राख्ने सिमोस सुनुवारले नयाँ फिल्मको नाम रोजेका छन्,'डार्क होलिडे'।

'फेसबुक'को 'फन्ट' नै कपी गरेर आफ्नो फिल्मको नाम राखेका सुरज सुब्बा नयाँ फिल्म 'माई भ्यालेन्टाइन'को सुटिङमा निस्कँदै छन्। 'फस्ट लभ'बाट चर्चित भएकी ऋचा शर्माले लगानी समेत गरेर 'भिसा गर्ल' बनाइरहेकी छिन्। 'कसम हजुरको', 'गुरु दक्षिणा' जस्ता फिल्मबाट सफलता पाउन नसकेका रामराजा दाहाल 'बटालियन फाइभ' निर्माणमा लागेका छन्। फिल्ममा लामो समयदेखि संघर्षरत् सोभिता सिम्खडा 'द लास्ट किस'बाट आशावादी छिन्।

'बिग ड्रिम', 'लभ इज लाइफ', 'लभ फरेभर' जस्ता नाम हालै चलचित्र विकास बोर्डमा दर्ता भएका हुन्। भर्खरै 'मिस यु'को रिलिज भ्याएका सुरेश दर्पण पोखरेलले 'थ्री लभर्स्'को सुटिङ सिध्याइसकेका छन्।

नेपाली फिल्म अंग्रेजी नाम
सो सिम्पल, हाइवे, बिग ड्रिम, ब्वाइफ्रेन्ड, ब्ल्याक नाइट, होमवर्क, बिकज आई लभ यु, लभ इज लाइफ, लभ फरेभर, रेड मार्केट, भिजिलान्ते, रेड वाइन, प्ले गर्ल, लभ इन चाइना बोर्डर, प्लान, डार्क होलिडे, द लास्ट किस, माई भ्यालेनटाइन, फेसबुक, भिसा गर्ल, बटालियन फाइभ

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out