विनिताको रेट २ लाख पुग्यो गोप्य चेक आउदै

चलचित्र ‘चपली हाईट’को चर्चासंगसंगै नायिका विनिता वरालको चर्चा पनि निक्कै चुलीएको छ । चपली हाईटमा उनले गरेको अभिनयको तारीफ सवैले गरीरहेका छन् । पहिलो सिनेमावाट नै यति धेरै चर्चा र प्रशंसा कमै मात्र नायिकाले पाउने गरेका छन् । यही चर्चाका कारण विनिता अहिले सवैको आँखामा परेको अवस्था छ । यसरी, नायिका विनिता वरालले चपली हाईटमा गरेको भुमिका र उनले चलचित्रका केही दृश्यमा देखाएको हिम्मतको तारीफ भइरहेको छ । चलचित्रले पहिलो हप्ता नै करोड भन्दा माथीको व्यापार गरेको छ र जसको आधा भन्दा वढी श्रेय नायिका विनिता बराललाई नै गएको छ ।
यसरी, आफुले अभिनय गरेको चलचित्र चपली हाईटले रेकर्ड व्रेक गर्दै व्यापार गरेपछि नायिका विनिता वराल हौसीएकी पनि छिन् । उनले सिनेमा भित्र तारीफ गर्न योग्य काम पनि गरेकी छिन् । नायिका विनिता वरालले सिनेमा सफल भएपछि आफ्नो पारिश्रमिक वढाएकी छिन् । अनलाइनखवर मार्फत उनले आफ्नो पारिश्रमिक वढेको घोषणा गरेकी हुन् । अनलाइनखवरसंग विशेष कुरा गर्दै उनले, अव आफुले अभिनय गर्ने सिनेमामा २ लाख पारिश्रमिक लिने घोषणा गरेकी छन् । एउटा सिनेमामा अभिनय गर्ने वित्तिकै नायकले आफ्नो पारिश्रमिक वढाउन सक्छ भने नायिकामा यो कुरा किन लागु हुँदैन, उनले भनिन्, मैले भने अव पारिश्रमिक वढाएको छु ।

वलिउडमा चलचित्र डर्टी पिक्चर्स वम्पर हिट भएपछि नायिका विद्या वालानले आफ्नो रेट वढाईन् ।  तर, ‘नेपालमा भने यस्तो कुरामा किन कन्जुस्याई हुन्छ,’ विनिता भन्छिन् ।  विनीताको कुरा सत्य पनि हो । एउटा सिनेमा व्लकवस्टर दिने वित्तिकै नायकले पारिश्रमिक वढाएका उदाहरण नेपाली सिनेमामा पनि प्रशस्त देखिएका छन् । यो कुरामा विनिताले जुन घोषणा गरेकी छन्, यो सकारात्मक छ । नेपाली सिनेमा क्षेत्रमा विनिताले चपली हाईटमा गरेको भुमिकाले नायिकाको नामले पनि सिनेमा चल्छ भन्ने देखाएको छ । यसैले, विनिताले आफ्नो पारिश्रमिक वढाउनु हतारको निर्णय भन्न सकिदैन ।

उनले आफुले जस्तो पायो त्यस्तो भुमिकामा अभिनय नगर्ने वताउदै, सिनेमा पनि निक्कै च्यालेन्जिङ खालको भुमिका भएको मात्र गर्छु, पारिश्रमिक पनि यसै अनुसारको लिन्छु । नेपाली सिनेमामा चलेका नायिकाहरुको अवधि १० वर्षपछि विस्तारै घट्दै गएको पाईन्छ । निरुता सिंहको साडी लगाउने परम्परालाई तोड्दै सिनेमा क्षेत्रका स्कट लगाएर नायिका रेखा थापा भित्रीएकी थिईन् । जो, दश वर्षसम्म यो क्षेत्रमा राज गर्न सफल भएकी थिईन् । दश वर्ष पछि नयाँ खालको भुमिका र फरक स्वाद दिदै नायिका विनिता वरालको आगमन यो क्षेत्रमा भएको छ । धेरैको विश्लेषण छ, विनिता लामो रेशको घोडा हुन् । चपली हाईटमा विनिताले गरेको भुमिकाले पनि यो कुरा को अड्कल काट्न सकिन्छ । हुनत, एउटा सिनेमा खेल्दैमा कुनै पनि कलाकारको भविष्यवाणी त गर्न मिल्दैन । यसैले, पनि विनिताले अव आउने सिनेमा भित्र कस्तो भुमिका गर्छिन्, त्यो हेर्न अवश्य पनि पर्दछ ।

यसैविच, चलचित्र चपली हाईटको सफलता पछि निर्माता अर्जुन कुमारले नायिका  विनिता वराललाई एक गोप्य चेक दिने तयारी गरीरहेको वुझिएको छ । चलचित्र चपली हाईटवाट व्रेक पाएकी नायिका विनिता वरालले यो सिनेमामा अभिनय गर्दा सामान्य रकम मात्र पाएकी थिईन् । तर, चपली हाईटले राम्रै मुनाफा निर्मातालाई दिने भएपछि निर्माता अर्जुन कुमारले विनितालाई गोप्य चेक दिन लागेका हुन् । विनितालाई दिन लागेको गोप्य चेकमा कति रकम रहेको छ यो भने गोप्य नै छ । तर, पनि अर्जुन कुमारले गर्न लागेको यो काम भने प्रशंसनिय नै छ ।  चपली हाईटको सफलता पछि चर्चित वनेकी विनिताले आफ्नो पारिश्रमिक पनि वढाएकी छिन् । हेरौ, अव उनको यो पारिश्रमिकलाई कति निर्माताले स्वीकार गर्ने हुन् र उनलाई सिनेमाको अफर गर्ने हुन् ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out