नक्कली मार्कसिट बनाउन माओवादी नेता संलग्न

भक्तपुर, वैशाख ६ - एसएलसीको नक्कली मार्कसिट बनाउन माओवादी नेता कार्यकर्ता संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । मार्कसिट किनबेचमा संलग्न आठ जनालाई प्रहरी पक्राउ गरेको छ । त्यसमा दुई जना भक्तपुर माओबादी जिल्ला सदस्य रहेका छन । कालिकोट खोप्सा -५ घर भएका कुसल बोगटी र भक्तपुर कटुन्जे-६ का धुर्व अधिकारी छन । खोटाङ ज्यामिरे १ का सुरेन्द्र बिकको नक्कली मार्कसिट कारोबारमा माओबादी नेता सहित विद्यालयका पि्रन्सिपसल समेत संलग्न देखिएको छ ।
माओबादी स्रोतका अनुसार बोगटी  अखिल नेपाल जनसास्कृति महासंघका जिल्ला अध्यक्ष हुन भने अधिकारी सदस्य हुन । त्यस्तै मार्कसिट कारोबारमा पक्राउ पर्नेमा जोरपाटी स्थित जोसेफ इन्टर नेशनल एकाडेमीका पि्रन्सिपल अमर तिमल्सिना पनि छन । काभ्रे साल्मेचाखाल ४ घर भएका ३६ बषिर्य तिमिल्सिनाले प्रहरीलाई आफू उक्त विद्यालयको प्रध्यानाध्यापक रहेको बयान दिएका छन ।

प्रहरीले खोटाङ दुबिकोट १ घर भएका ३० बषिर्य हिरालाल बि.क, काभ्रे अनेकोट ८ का २२ बषिर्य बिजय लामा, खोटाङ ज्यामिरे १ का सुरेन्द्र बि.क, दोलखा बाबरे ९ का १९ बषिर्य राज पाण्डे, बाबरेकै १९ बषिर्य रोहित सोडारीलाई पनि पक्राउ गरेको छ । सोडारी र पाण्डे प्लटु पढने विद्यार्थी हुन ।

खोटाङ घर भएका सुरेन्द्र बिकले राजधानीको विद्या सदनमा अध्ययनको क्रममा थर परिवर्त गराएर भुजेल बनाएका थिए । एसएलसीको मार्कसिटमा पनि भुजेल नै भए । उनी नागरिकता बनाउन खोटाङ गए । बिकलाई भुजेल थरको नागरिकता दिन प्रशासनले इन्कार गरे । त्यसपछि उनी मार्कसिटमा थर सच्याउन पुनः परिक्षा नियन्त्रण कार्यालयमा आए । तर, पनिकाले मानने । सुरेन्द्रले राजधानीमा बसेर पढन कोठा खोज्दा कतैपनि कोठा नपाएपछि थर परिवर्तन गरेको प्रहरीलाई बयान दिएका छन । उनले प्रहरीलाई दिएकेा बयानमा भनेका छन-'कोठा नपाएपछि थर परिवर्तन गरेर भुजेल राखेको हो ।' नागरिकता बनाउन एक पछि अर्कोलाई भनेर नक्कली सर्टिफिकेट निकालेको अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ ।

'पनिकाले थर परिवर्तन नगरेपछि उनले मामा नाता पर्ने हिरालबिकलाई गुहारेछ । उनले  बिजय लामा भन्यो । बिजयले कुसल बोगटीलाई भन्यो । बोगटीले धुब्र अधिकारीलाई भन्यो । धुब्रले राज पाण्डे र रोहित सोडारीलाई भनेछ,' घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले कान्तिपुरसित भने,'रोहित र सोडारीले पि्रन्सिपल तिमिल्सिनालाई भनेर मार्कसिट बनाउन लगाएको पाइयो ।' तिमल्सिना पछि अरु पनि घटनामा संलग्न हुन सक्ने प्रहरीको अनुमान छ ।

चैत २२ गते प्राभिजनल सर्टिफिकेट बनाउन परिक्षा नियन्त्रण कार्यालय सानोठिमी जादा सुरेन्द्र भुजेलको सिम्बल नम्बर ०३१८११९ 'आई'मा सुरेन्द्र बिक पाएपछि उनलाई कारबाहीको लागि भक्तपुर प्रहरीलाई बुझाएको थियो । 'अनुसन्धानको क्रममा एक पछि अर्को गर्दै आठ जना पक्राउ गर्न सफल भएको हो,' भक्तपुरका प्रहरी नायब उपरिक्षक पुस्कर केसीले भने,'अनुसन्धान जारी छ ।' उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्धा दर्ता गरी अनुसन्धान भईरहेको उनले बताए ।

त्यस्तै ललितपुर प्रहरीले नक्कली लाइसेन्स बनाउने दोबहादुर पुलामीलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट पवन शम्शेर राणा र संजय शाहीको नामको नक्कली लाइसेन्स बरामद भएको प्रहरीले जनाएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out