अवको विकल्प डिभोर्स नै हो

नेपाली सिनेमा क्षेत्रमा नायिका झरना थापा चर्चामा रहेकी छिन् । उनले अभिनय गरेका अधिकांश चलचित्र सफल पनि रहेका छन् । निर्माता तथा नायिकाको रुपमा परिचय वनाउन सफल नायिका थापाले अभिनय गरेका सिनेमाको संख्या ५ दर्जन भन्दा माथी पुगेको छ । तर, पनि उनको विश्रामबारे कुनै चर्चा छैन । हाल चलचित्र ‘फेसवुक’को निर्माण गरेर प्रदर्शनको चटारोमा रहेकी थापासँग अनलाइनखवरका लागि विजय आवाजले गरेको कुराकानीः

तपाई कस्तो मान्छे हो ?

सरल मानिस हुँ । तर, सजिलो भने छैन् ।

निर्मात्री वन्न गाह्रो की नायिका वन्न ?

निर्मात्री वन्न धेरै गाह्रो छ । किनभने, निर्मात्री भैसकेपछि सवै कुराको जिम्मेवारी हुन्छ । दौडधुप धेरै गर्नुपर्छ, तनाव पनि उस्तै हुन्छ ।

टपलेस पनि हुनुभएछ, यस्ता हर्कत नगरि चल्दैन भन्ने लागेर हो ?

यो विल्कुलै होईन । किनभने, म यसको विरोधी पनि हुँ । तर, चलचित्र ‘ओम’मा कथाले नै मागेपछि यस्तो सिन दिएको हो । तर, यसमा म पुरै टपलेस भने भएकी छैन । यसभन्दा अघि पनि मैले चलचित्र गोर्खालीमा मिनीस्कर्ट लगाएको थिएँ, जुन दर्शकले रुचाउनु भएको थियो । यसैले, टपलेस भएको भन्नु भन्दा पनि कथाले मागेपछि मात्र खेलेको भन्नु उपयुक्त होला ।

पहिले यस्ता प्रस्ताव आएका थिएनन् ?

कहिले पनि आएनन्, यसैले त्यस्ता सिन दिने अबसरै जुरेन ।

कहीलेसम्म सिनेमा खेल्ने र वनाउने ?

फेसवुक रिलिज भएपछि यसको निर्णय पत्रकार सम्मेलन नै गरेर गर्छु ।

उमेर ढल्कदै गएपछि नै चर्चामा आउनु भयो नि हैन ?

मैले अभिनय गरेका अधिकांश गीतहरु चर्चामा रहेका छन् र सिनेमाले पनि उत्कृष्ट व्यापार गरेका छन् । जतिवेला म छोरी पाएर ३ महिनाको सुत्केरी थिएँ, त्यतिवेला नै मैले खेलेको गीत चर्चित वनेको थियो । म दावी गर्न सक्छु, मैले जस्तो भुमिकामा अहिलेसम्म कुनै नायिकाले पनि अभिनय गरेका छैनन् । यसैले, म उमेर ढल्कदै गएपछि हिट भए भन्ने कुरा मान्दिन ।

तपाईको घरझगडा पनि चर्चामा आउँछ नि हैन ?

के गर्ने जीवन भनेको सुख दुखको संगम रहेछ । यसैले पनि यस्ता कुराहरु जीवनमा हुँदा रहेछन् ।

सहकर्मीकै कारण घरझगडा पर्दा कस्तो महसुस भयो ?

निकै फिल्ममा उ ( रेजिना उप्रेती ) सँग काम गरेकी छु, विदेशका विभिन्न कार्यक्रममा सँगै गईएको पनि छ । तर, उसले यस्तो गर्छे भनेर सोंचेको पनि थिईन् । उसले २-३ पटक नै यस्तो गरि । मैले उसलाई मेरो श्रीमान्सँग पहिलोपटक सँगै देखेपछि चेतावनी दिएको थिएँ । तर, उसले यो कुरा मानिन । पछि, त आफ्नै घर अगाडि सँगै भेटें ।

फेरि पनि त्यस्तै नहोला भन्न सकिन्छ र ?

अव त म सहन सक्दिन । अव पनि सुनिलजी वाट यस्तो क्रियाकलाप भयो भने डिभोर्स नै उत्तम उपाय हो ।

श्रीमानसँगको सम्वन्ध कस्तो रहेको छ अहिले ?

अहिले त राम्रो छ । कतिपय कुरामा सम्झौता गर्नुपर्दोरहेछ ।

चाँडै विहे गरेछु जस्तो लाग्दैन ?

एकदमै लाग्छ । कहिलेकाहीं अरुका साना-साना वच्चा देख्दा आफ्नो छोरीलाई धेरै माया गर्न सकिएन जस्तो लाग्छ । युवायुवती डेटिङ गएको देख्दा आफुले त्यो कुराको अनुभव नै गर्न पाईएन भन्ने पनि लाग्छ । तर, पनि म सुखी छु, आफ्नो जीवनदेखि ।

पहिलो प्रेम याद आउँछ ?

फस्ट लभ नै सुनिलजी सँग भयो । म तिमी विना वाँच्न सक्दिन, आई लभ यु त कसैले पनि भनेनन् मैले पनि भनिन् । २०५२ सालको वैशाखमा सुनिलजी सँगै नै पहिलो प्रेम भयो र उहासँगै विहे भयो ।

पहिलो चुम्वनको संझना ?

सवै कुरा उहाँसँग भयो । विहेअघि चुम्वन र अंगालो त मारियो । तर, यो भन्दा माथी त विहेपछि नै भयो । यति भनेपछि आफै वुझ्नु न -..हा.हा.हा.)

घरमा मिठो पकाउने खानेकुरा ?

म मासु एकदमै मिठो पकाउँछु । तर, मैले पकाएको खाना पनि सवैले मिठो नै भन्छन् ।

गाडि त महङ्गो चढ्नुहुन्छ, आफ्नै कमाईले किन्नु भएको हो ?

मैले किन्दा ५० लाख थियो । मेरो कमाई र सुनिलजी ले पनि दिनुभएको छ ।

आफ्नो प्रतिस्पर्धी नायिका को हो जस्तो लाग्छ ?

मेरो प्रतिस्पर्धा म आफैसँग छ । तर, तपाईहरु नै छुट्टाउनुहोस् को छ भनेर ।

नेपाली सिनेमाको सेक्सी हिरो ?

सवैजना राम्रा नै छन् । तर, राजवल्लभ कोईराला सेक्सी लाग्छ । उसको आँखा राम्रो लाग्छ ।

अव कस्तो भुमिका गर्ने रुचि छ ?

रोनाधोना छोडेर युनिक पाराको भुमिका गर्न चाहन्छु ।

अचेल नेपाली नायिकाहरु गर्वका साथ आफुले सेक्स गरेको उमेर खुलाईरहेका छन् यसवारेमा तपाईको धारणा के छ ?

यो एकदमै गलत प्रवृत्ति हो । यस्तो कुराहरु गोप्य राख्नु नै राम्रो हो ।

अहिले नेपाली सिनेमाको ट्रेन परिवर्तन भएको छ भन्छन् नि तपाईलाई लाग्छ ?

यो एकदमै गलत कुरा हो । यसले नेपाली सिनेमा विगार्छ । चपली हाईट चल्दैमा यसो भन्न मिल्दैन ।

अन्त्यमा, विहान उठ्दा दाह्री र जुगा आयो भने के गर्नुहुन्छ ?

म दौरासुरुवाल लगाएर क्याटवाक गर्दै सडकमा निस्कन्थे । अनि, मिडीयालाई वोलाएर फोटो खिच्थें ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out