झरना अब ‘टपलेस’

नायिका झरना थापा विशेषगरी नेपाली सिनेमाको पर्दामा अभिनय सशक्त गर्ने नायिकाको रुपमा परिचित छिन् । उनको अभिनयकै कारणले केही सिनेमा चलेका पनि छन् । झरनालाई ग्ल्यामर पोजमा हेर्न पाईदैन भन्दा पनि हुन्छ । ११ वषिर्या छोरीकी आमा झरना सशक्त अभिनय गर्नमा नै अगाडि छिन् । तर यिनै नायिकालाई अब भने नेपाली सिनेमाको बदलिँदो परिवेशले छोए जस्तो छ । यसैले उनी पनि केही बोल्ड बन्न थालेकी छिन् । रामजी लामिछानेको निर्देशनमा तयार भएको एक सिनेमामा झरनालाई निक्कै बोल्ड दृश्यमा देख्न पाईने भएको छ ।

एक अक्षरमा बनेको ॐ नामक सिनेमाका लागि झरना थापा बोल्ड दृश्यमा देखिएकी हुन् । यो चलचित्रमा झरनालाई टपलेस देख्न सकिनेछ । चलचित्रको ‘आज जति मात चढोस्…..’ बोलको गीतमा झरना टपलेस बनेकी हुन् । चलचित्रको पर्दामा झरनालाई टपलेस देखाईतापनि छायांकनको क्रममा भने उनी टपलेस नै नबनेको निर्देशक रामजी लामिछानेले बताए । ‘यसलाई हामीले चलचित्रमा चिटिङ गरेर खिचेका छौं, जसले  गर्दा सिनेमा हेर्दा दर्शकलाई नायिका थापा टपलेस भएको जस्तो लाग्छ’ लामिछानेले भने । जे भएपनि टपलेस सिन छायांकन नै गर्दा नायिकाहरुले आफ्नो बक्षस्थलमा भने कपडा लगाएका हुन्छन्, जुन सिनेमा भित्र हेर्दा टपलेस जस्तो लाग्छ । के झरनाले यो दृश्य दिन मानिन् त भन्ने प्रश्नमा निर्देशक लामिछानेले भने -’क्यारेक्टर अनुसार भएकाले यो सिन दिन उहाँले खासै अप्ठ्यारो मान्नुभएन ।’

नायक सुमन सिहं र झरनाले यो गीतमा चलचित्रको पर्दामा मस्ती गरेका छन् । जे भएपनि नायिका झरना थापा पनि नेपाली सिनेमाको बदलिँदो परिवेशसँग परिचित भएजस्तो छ । यस कारणले पनि उनी यस्ता दृश्य दिन हिच्किचाएकी छैनन् । तर झरनाको टपलेस दृश्यले बजारमा स्क्यानडल पैदा गर्ने सोचाईका कारण निर्माणपक्ष भने यस विषयमा खासै केही बोल्न चाहेको देखिँदैन । जे भए पनि टपलेस झरनालाई भने बधाई छ । हेरौं यो गीत र टपलेस झरनाको कारणले सिनेमाको व्यापारमा कत्तिको फरक हुने हो ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out