माइलीको औंठी चर्चा

लस एन्जल्स, चैत्र १५ - टिन एजको अन्तिम वर्षमा दौडिरहेकी नायिका/गायिका माइली साइरसको नायक लियाम हेम्सवर्थसँग इन्गेजमेन्ट भएको आशंका गरिएको छ ।
आशंकालाई माइली आफैंले बढाइदिएकी छन्, टि्वटरबाट हीराको औंठी सहितको आफ्नो हत्केलाको तस्बिर सार्वजनिक गरेर ।
तीन दिनअघि मात्रै उनी 'द हंगर गेम्स' नायक लियामसँग जोडी कस्दै मोहम्मद अलीको फाइट क्लबको एक समारोह साँझमा पुगेकी थिइन् । उक्त समारोहबाट फर्केपछि उनले टि्वटरमा राखेको आफ्नो हत्केलाको क्याप्सनमा उनले लेखेकी थिइन्, 'म आजको मेरो नङ पालिसदेखि साह्रै खुसी छु । एकदमै स्टाइलिस र पृथक ।'
तर उनको उक्त टि्वटलाई अर्थपूर्ण रूपमा लिइएको छ । 'वास्तवमा उनले आफ्नो नयाँ औंठी देखाउन चाहन्थिन् र घुमाउरो पारामा आफ्नो पालिस देखाएझैं गरी देखाइन्,' उनलाई नजिकबाट चिन्नेको दाबी छ ।

'हाना मोन्टाना' नायिकाले इन्गेजमेन्ट औंठीको आशंकामा टि्वटरमा सोधिएका सवालका बारेमा पनि प्रष्ट जवाफ फर्काएकी छैनन् । बरु उनले आफू तीन कुकुरहरूसँग बसिरहेको भन्दै लेखेकी छन्, 'यिनीहरूको प्रेम, सुन्दर प्रेमी, रसिक परिवार र फूलहरूको साथमा छु ।'
साइरस र हेम्सवर्थ सन् २००९ को 'द लास्ट सङ' मा काम गर्दैगर्दा नजिकिएका थिए । उनले टि्वटरमा दुइटा फोटा राखेकामा दुवैमा औंठीलाई महत्त्व दिनेगरी खिचिएको प्रस्टिन्छ ।
आखिर सम्बन्धमा रहेकी युवतीले महँगो हीराको औंठीलाई देखाउनुको आशय इन्गेजमेन्ट हुन सक्ने मानिएको हो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out