सिनेमासंगै कसरी बदलिए राजेश ?

नेपाली सिनेमा मुलधारवाट परिवर्तन हुन सकेन भन्ने आरोप लागिरहेको छ । सिनेमाको मुलधार परिवर्तन नभएपछि दर्शकहरु पनि हलमा जान छोडे र नेपाली सिनेमा वर्षमा ८० भन्दा वढि असफल भए । तर, यो वर्ष प्रदर्शनमा आएको चलचित्र लुट र चपली हाईटले राम्रो व्यापार गरेपछि नेपाली सिनेमाको धार परिवर्तन भएको अड्कल काटिएको छ । सिनेमा वनाउनेहरुले चलचित्रको धार फरक र मल्टिप्लेक्सका दर्शक तान्ने खालको वनाउन खोजीरहेका छन् । यसका लागि कतिपयले आफुले तयार पारेको विषयवस्तु समेत परिवर्तन गरेका छन् । विषयवस्तु परिवर्तन त सामान्य कुरा नै हो, तर एक सिनेमाका निर्देशकले त चलचित्रवाट नेपालकै एक चर्चित नायकलाई समेत परिवर्तन गरेको खवर अनलाइनखवरले प्राप्त गरेको छ ।
क्रृषि न्यौपानेले हरी खनालको लगानीमा चलचित्र ज्वाला निर्देशन गर्ने तयारी गरेका थिए । जसका लागी गित रेकडिङ पनि गरिएको थियो, संंगीतकार चेतन सापकोटाको संगीतमा । तर, एकाएक चलचित्रको धार परिवर्तन भएपछि उनले ज्वालाको कामलाई स्थगीत गरेका छन् । ज्वालाका लागि  नायक राजेश हमाललाई एगि्रमेन्ट समेत गररे पारिश्रमिक समेत दिईएको थियो ।

तर, चलचित्र ज्वालालाई नवनाई उनले अव चलचित्र लक निर्देशन गर्ने भएका छन् । जसका लागी सम्पुर्ण कलाकार नयाँ खोजिएको  छ । उनले, नायक राजेश हमाललाई ज्वाला सिनेमाको काम केही पछि गर्ने वताएका छन् । तर, श्रोत भन्छ, चलचित्र ज्वाला अव निर्माण हुने हो या होईन यो थाहा छैन । तर, राजेश हमाललाई नै परिवर्तन गरी चलचित्र लक निर्माण गर्न लागिएको हो । चलचित्र ज्वालाका लागी नै भनेर तयार पारिएका  गितहरुमा केही परिवर्तन गरी लकका गित तयार पारिएको छ ।

यो चलचित्रको छायांकन अव केही दिनमै सुरु हुने छ । यो खवर, नायक राजेश हमालका लागि निक्कै दुखद खवर हो । नेपाली सिनेमाको धार परिवतर्न भएपछि नायक राजेश हमालले पनि अव सिनेमा खेल्ने धारलाई परिवर्तन गर्नु जरुरी छ । किनभने निर्माता तथा निर्देशकहरु फरक धारका सिनेमा वनाउन कस्सिएका छन् र उनीहरु नयाा नयाा कलाकार खोजिरहेका छन् । राजेश जि, अव त केही सोच्ने पो हो की ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out