एडल्ट फिल्मलाई गाह्रो

पछिल्लो समय बोल्ड सिन राखेर हल्लाखल्ला मच्चाएमा फिल्म चल्छ भन्ने मान्यताले स्वदेशमा मात्रै नभई विदेशमा पनि जरा गाडेको छ । त्यसमा पनि 'द डर्टी पिक्चर' ले सबैको वाहवाही पाएपछि त बलिउड हिजोआज खुलेरै छाडा हुन थालेको छ । बन्दै गरेको 'जीस्म २' मा पोर्नस्टार सनी लियोनलाई भित्र्याएर होस् वा चल्दै गरेको 'हेट स्टोरी' सबै सेक्सकै कारण चर्चामा छन् ।

तर फिल्मलाई यौनिक बनाउँदैमा फाइदा मात्रै हुँदैन । सेन्सरबाट एडल्ट सर्टिफिकेट लिएर हलमा चलाउन सजिलो भए पनि पारिवारिक प्रदर्शनीमा भने यस्ता फिल्मलाई घाटा पर्ने देखिएको छ । 'द डर्टी पिक्चर' लाई टेलिभिजन टेलिकास्टमा रोक लगाइएपछि निर्मातालाई ठूलो आम्दानी हातबाट गुम्ने भएको छ ।
पछिल्लो समय भारतमा फिल्मको गतिलो आम्दानी बनेको टेलिभिजन प्रदर्शनी अधिकारमा एडल्ट फिल्मलाई अप्ठ्यारो पर्ने देखिएपछि यस्ता फिल्मले निर्माणताका नै विकल्प खोज्न थालेका छन् ।

एडल्ट श्रेणीमै बनाइएको फिल्म 'जन्नत २' ले भने पहिल्यै सजगता अपनाएको यसका निर्माता/निर्देशक बताउँछन् । कुणाल देशमुख निर्देशित 'जन्नत २' मा यसअघि नायक इमरान हासमीले मोडल हुँदै नायिकामा डेब्यु इशा गुप्तासँग गरेका बोल्ड सिन र अश्लील अर्थ लाग्ने भाषा शैलीको भरपुर प्रयोग गरिएको थियो । तर मे ४ मा फिल्म रिलिज हुनुअघि 'द डर्टी पिक्चर' ले समस्या भोगेपछि भने यसका निर्माताले केही दृश्यमा सुधार गरेका छन् । 'केही बेड सिन र किस सिनका कारण पनि हामीलाई सेन्सरले एडल्टको मान्यता दिन्छ भन्ने पहिल्यै थाहा थियो तर त्यसले गर्दा टेलिभिजनमै देखाउन समस्या पर्नेबारेमा सोचिएकै थिएनौं' निर्देशक कुणालले आम्दानीको ठूलो हिस्सा गुम्ने डरले फिल्मका त्यस्ता कतिपय दृश्यमा विकल्प राखिएको दाबी गर्दै भने, 'धन्न, हामीले सेन्सरको झमेलाबाट बच्न त्यस्ता दृश्यको उतिबेलै अर्को विकल्प पनि खिचिसकेका थियौं । जुन अहिले काम लाग्यो ।' उनले अब फिल्ममा आपत्तिजनक लाग्ने बोल्ड सिन नभएको पनि प्रस्ट्याए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out