सरीरको रोग पत्ता लगाउने रोबोट

बेलायतका वैज्ञानिकहरुले यस्तो अत्याधुनिक रोबोटको निर्माण गरिरहेका छन् जसले मानिसको सरीरभित्र प्रवेश गरी रोगब्याधी पत्ता लगाउन सक्छ ।

उक्त रोबोट निकै सुक्ष्म हुने र सरीरभित्र रगतमा तैरिएर जिवाणुहरुको परीक्षण गरी नतिजा दिनसक्ने वैज्ञानिकहरुको दाबी छ । न्युक्यासल विश्वविद्यालयका वैज्ञानिक सहितको शोधकर्ताहरुले टीमले बनाउन लागेको उक्त रोबोटको नाम साइबरप्लाज्म राखिएको छ । यो रोबोटमा विद्युतिय सामाग्रीका साथै कृत्रिम जीवकोशको सम्मिश्रण हुनेछ । यसमा इलेक्ट्रोनिक स्नायु प्रणालीको प्रयोग गरिँदैछ जसमा स्तनधारी जीवकै जस्ता आँखा तथा नाक बनाइनेछ । साथै यस रोबोटमा ग्लुकोजबाट उर्जा निकाल्ने कृत्रिम मांशपेशीको प्रयोग हुनेछ ।

साइन्स डेलीमा छापिएको खबर अनुसार भविष्यमा यो रोबोटको प्रयोग मानिसको रोग पत्ता लगाउनका लागि गर्न सकिनेछ । प्रमुख शोधकर्ता डाक्टर ड्यानियल प्र\mयांकेलले भनेका छन्,’आफ्नो आसपासको माहोलको जानकारी लिनसक्ने तथा महसुस गर्नसक्ने जीवको क्षमता यसमा रहनेछ’ । साइबरप्लाज्मका ज्ञानेन्दि्रयहरु यस्तो प्रकारले बनाइनेछ की जसले बाहिरी गतिविधिलाई विद्युतिय तरंगमा बदलेर कृत्रिम मस्तिष्कमा पुराउनेछ जहाँ केही इलेक्ट्रोनिक्स चिप्स प्रयोग गरिएको हुन्छ । उक्त कृत्रिम मस्तिष्कले रोबोटका बाँकी अंगको संचालनका लागि निर्देशन गर्नेछ ।
अहिले उक्त रोबोटका अंगहरुको निर्माणको काम भैरहेको र आगामी केही वर्षभित्रैमा यो रोबोटको निर्माणको काम पूरा हुने वैज्ञानिकहरुको भनाइ छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out