बियोन्से संसारकै सर्वाधिक सुन्दर

यो खबर संसारका आमाहरूका लागि प्रेरणास्पद हुन सक्छ । अमेरिकी हिपहप गायिका बियोन्से विश्वकै सबैभन्दा सुन्दर महिला दरिएकी छन् । खास कुरो, उनी आमा बनेको चार महिना पनि पूरा भएको छैन ।

थोरै समयमा उनलाई यो दोस्रो खुसीको खबर दिलाएको हो अमेरिकी म्यागाजिन 'पिपुल' ले । 'वल्र्डस् मोस्ट ब्युटिफुल वुमन' दरिएकी यी वर्षेले चार वर्षयता हिपहप गायक जे-जेसँग वैवाहिक जीवन बिताइरहेकी छन् । गायनका लागि १६ पटककी ग्रामी अवार्ड जितिसकेकी बियोन्सेले पहिलो सन्तानका रूपमा छोरी पाएपछि केही समयअघि भनेकी थिइन्, 'मैले आफूलाई अहिलेसम्मकै सुन्दर भएको महसुस गरेकी छु किनकि मैले छोरीलाई जन्म दिएकी छु ।' प्रायः महिलाहरू छोराछोरी पाएपछि आफ्नो जवानी र सुन्दरता सकियो भनेर चिन्ता गर्ने गरेका भए पनि उनले त्यसलाई ठाडै अस्वीकार गर्दै आएकी थिइन् । त्यो प्रमाणित पनि भएको छ ।

दृढ इच्छाशक्तिकी धनी बियोन्सेले आमा बनेपछि पनि शरीरलाई उत्तिकै सन्तुलनमा राखेपछि प्रशंसा चुलिएको थियो । यतिखेर 'पिपुल' ले नयाँ विशेष अंकमा उक्त उपाधि दिएपछि उनले भनिन्, 'तर मैले आफूलाई पृथ्वीकै सुन्दर भने मानेकी छैन ।' उनले छोरी पाएपछि भने आफ्नो 'प्रेम' शब्दको पूर्वमान्यता पूरापूर बदलिएको बताएकी थिइन् । बियोन्से यति बेला छोरी पाएपछिको पहिलो कन्सर्टलाई एटलान्टिक सहरमा भव्य बनाउने तयारीमा जुटिरहेकी छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out