चौतर्फी तनावमा शाहरुख

मुम्बई (एजेन्सी), चैत्र २२ - 'ओरालो लागेको मृगलाई बाच्छोले पनि खेद्छ' भनेझैं यतिबेला शाहरुख खानलाई परिरहेको छ । कुनै बेला शाहरुखको टाउको देखाएकै भरमा फिल्म हिट हुन्थे । सम्मानले उनलाई 'किंग खान' भनेर बोलाइन्थ्यो । तर बल्दो क्रेज सेलाउन थालेपछि उनको राप र तापमा झुम्मिनेहरु यतिबेला जुम्राले लास छोडेझैं गर्न थालेका छन् ।
आशातीत फिल्म 'रा.वन' फ्लप बनेपछि ठूलो धक्का महसुस गरेका शाहरुख यसैको सेरोफेरोमा समकक्षीका फिल्म ब्लकबस्टर्स भएपछि र्‍याङकिङमा पछाडि धकेलिएका हुन् । बिग बजेटको 'रा.वन' ले लगानी उठाउनै ठूलो सकस भइरहेका बेला 'डन २' को औसत व्यापारले राहत दियो । करिअरमा राहत दिए पनि सोही फिल्म खेल्ने क्रममा को-स्टार पि्रयंका चोपडासँग नजिकिएको आरोप झेलेका उनलाई भने पारिवारिक लफडा आइपरेको छ ।

नमुना जोडीको रूपमा बलिउडले हेर्ने शाहरुख-गौरीको सम्बन्धमा पि्रयंकाको चिसो पसेपछि शाहरुखलाई यतिबेला तनाव छ । तनावमा उनी मात्रै नभएर यतिबेला पूरै बलिउडका हस्ती नै देखिएका छन् । पि्रयंकाले स्टार पत्नी हुने लोभ पालेको भन्दै नायकका पत्नीहरुले उनको खरो विरोध गरिरहेका छन् । जसमा अक्षयकुमार पत्नी टि्वंकल खन्ना र ऋतिक रोशन पत्नी सुजेन अग्रपंक्तिमा छन् । तर पछिल्लो समय पि्रयंकाका साथीहरू पनि स्टार पत्नीको विरुद्धमा उत्रन थालेका छन् । पि्रयंकाकी एक साथीको आरोप छ, 'तिमीहरु -स्टार पत्नी) ले बढी फुइँ नझारे हुन्छ । पि्रयंका भनेको ब्रान्ड हो । तिमीहरु त पतिको नामले न चिनिएका छौं ।' उनीहरूले गौरीले बाहिर बाहिर कुरा काट्दै हिँड्नुको सट्टा पि्रयंकासँग खुलेर कुरा गर्न पनि सल्लाह दिएका छन् ।
पारिवारिक झन्झटमा फसेका शाहरुखलाई सलमान खानले पनि गतसाता व्यंग्य कसे । क्रिकेटर सचिन तेन्दुलकरको सयौं शतकको सम्मानमा दिइएको भोजमा सलमानले भनिदिए, 'सचिनके रेकर्ड तोड्ना मुस्किल ही नही नामुम्किन हें' । उनले 'डन' फिल्मको चर्चित संवादसँग मिलाएर भने पनि उक्त फिल्मको क्रेडिट भने पुरानो फिल्मका अमिताभ बच्चनलाई दिएका थिए । जबकि सोही फिल्मको रिमेकमा शाहरुखले अभिनय गरेका भए पनि सलमानले वास्तै गरेनन् । उता कुनै बेला शाहरुखका लागि थुप्रै चर्चित गीत गाइसकेका अभिजितले पनि आफूलाई उपयुक्त क्रेडिट नदिएको भन्दै आईन्दा उनका कुनै पनि फिल्मका लागि नगाउने घोषणा गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out