"सिंगलै छु" - नरगिस

मुम्बई (एजेन्सी), चैत्र १४ - अमेरिकामा फेसन मोडलिङ गर्दागर्दै 'रकस्टार' फिल्म खेल्न एकाएक बलिउड छिरेकी नरगिस फाखरी अन्ततः जसरी आइन् त्यसै गरी फर्किसकेकी छन् । फिल्मका नायक रणवीर कपुरको छायामा परेपछि डेब्यु फिल्मबाट खास फाइदा लिन सकिनन् । तर उनको सौन्दर्यको सरगर्मी भने बलिउडमा अझै पनि उस्तै छ ।
पछिल्लो पटक उनको नायक शाहिद कपुरसँग डेटिङ चलिरहेको हल्ला छ । फिल्ममा खेल्दै गर्दा को-स्टार रणवीरसँग नजिकिएकी नरगिस नायकले पुनः दीपिका पादुकोणसँग हिमचिम बढाउन थालेपछि निराश थिइन् । तर पछिल्लो हल्लाबाट भने उनी खुसी छैनन् । 'अचम्मलाग्दो कुरा, बिहान उठ्न पा'को छैन, राति त म कसैको घरमा गएको पो खबर सुन्छु,' ३२ वषर्ीया उनले भनिन्, 'यो सब हल्ला हो । म अझै सिंगल छु । हुनसक्छ, म कसैलाई मायालु पाराले भेट्ने गर्छु । त्यही भएर शंका गरेका होलान् ।'
पाकिस्तानी बाबु र चेक आमाबाट न्युयोर्कमा जन्मेकी नरगिसलाई शाहिदसँग चिनापर्ची भने रणवीरले नै गराइदिएका थिए । एक कार्यक्रममा भएको चिनाजानी पछि नरगिस शाहिदले आयोजना गरेको छुट्टै पार्टीमा पनि पुगेकी थिइन् । 'हो, म पार्टीमा गएकी थिएँ र त्यहाँ शाहिद मात्रै होइन, थुप्रैसँग मेरो भेटघाट भएको थियो । तर अरूसँग डेटमा रहेको त समाचार आएको रहेनछ ?' उनले समाचारप्रति व्यंग्य कसिन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out