कसिला लुगा लगाउनेहरु सावधान

बढ्दो आधुनिकता तथा फेसनमय जमाना सँगै खासगरी युवतीहरुमा निकै कसिला लुगा लगाउने लत बसेको छ भन्दा फरक पर्दैन । आफ्नो जिउलाई सेक्सी देखाउन पाइन्ट, ब्रा, अन्डरवेयर समेत निकै कसिलो लगाउने चलन निकै बढेको छ । आवश्यकता भन्दा बढि कसिला तथा साँघुरा लुगा लगाउँदा जिउ दुखोस् तर अहिलेका तन्नेरी युवतीहरु सरीरमा छिर्नै गाह्रो पर्ने खालका लुगा लगाउन भुल्दैनन् । तर यस्ता कसिला लुगा लगाउँदा आफ्नो स्वास्थ्यमा निकै नराम्रो असर परिरहेको हुन्छ भन्ने हेक्का उनीहरुलाई हुँदैन । विज्ञहरुले आवश्यकता भन्दा बढि कसिला कपडा लगाउने युवतीहरुमा विभिन्न खालका स्वास्थ्य समस्या देखापर्ने बताएका छन् ।

मिनिस्कर्ट सँगै युवतीहरुले हापप्यान्ट अर्थात् कन्ट्रोल प्यान्ट प्रायः निकै कसिलो लगाउँछन् । यसले आफ्नो पेटको आकारलाई समेत नियन्त्रण गरोस् र पेट सानो देखाओस् भन्ने उनीहरुको चाहना हुन्छ । तर यस्तो बढि कसिलो भित्री हाप प्यान्ट लगाउँदा तनाव बढ्ने, छाति दुख्ने, ग्यास्ट्राइटिस बढ्ने तथा खुट्टाका रक्तनलीमा नराम्रो असर पुग्ने र मुटु पोल्ने लगायतका समस्या देखापर्ने विज्ञहरु बताउँछन् । पेटलाई बढि कस्दा फोक्सोबाट आवश्यकता अनुसार अक्सिजन रक्तसंचार प्रणालीमा जान नपाउने बताइन्छ । जसले टाउको दुख्ने तथा रिंगटा लाग्ने लगायतका समस्या देखिन्छन् ।

त्यस्तै बसि कस्सिएको प्यान्ट वा सुरवाल लगाउँदा खुट्टाका स्नायुमा असर पुग्ने, मुटु पोल्ने तथा पेट दुख्ने लगायतका समस्या उत्पन्न हुन्छन् ।

बढि कसेर टाइ तथा कसिला कमिज र टिसर्ट लगाउँदा आँखा सम्बन्धि समस्या देखिने बताइएको छ । बढि कसिलो टाइ लगाएमा आँखामा हुने रक्तसंचारमा असर पुग्ने र त्यसले अन्धोपन समेत गराउन सक्ने बताइएको छ । त्यस्तै बढि कसिला कमिज लगाउँदा टाउको दुख्ने, आँखा तिरमिराउने तथा कुम दुख्ने लगायतका समस्या पनि देखिने बताइएको छ ।

यस्तै बढि कस्सिएका जुत्ता लगाउँदा खुट्टामा ढुसीको इन्फेक्सन हुने मात्र नभई औँलाको आकार बिगि्रने तथा खुट्टाका नशामा नकारात्मक असर पुग्ने चिकित्सकहरुको भनाइ छ । बढि कसिला जुत्ता लगाउँदा खुट्टामा हावा खेल्न नपाउने भएकाले त्यसले ढुसीको आक्रमण बढाउँछ । यसो हुँदा खुट्टा सुन्निने तथा घाउ हुने हुन्छ ।

यस्तै बढि टाइट पेन्टी लगाउँदा पुरुषमा अण्डकोषमा असर पुग्ने र त्यसले बाँझो समेत बनाउन सक्ने बताइएको छ । यस्तै टाइट पेन्टीले महिलाहरुको योनीमा इन्फेक्सन गराउन सक्ने तथा अरु यौनिक रोगको संक्रमण समेत हुनसक्ने बताइन्छ । त्यस्तै बढि कसिला ब्रा लगाउने महिलामा ढाड दुख्ने, कुम दुख्ने तथा स्वासप्रस्वास सम्बन्धि समस्या देखापर्ने चिकित्सकहरु बताउँछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out