शाहरुखलाई लात मारेर सलमानको काखमा चोपडा

यो कुरा साँचो हो की बलिउडमा कोहीपनि साँचो मित्र बनिरहन सक्दैनन् र कोहीपनि सेलिब्रेटी स्थायी सत्रु पनि बनिरहँदैनन् । बलिउडका विषयमा रहेको यहीँ दृष्टान्लाई आजकल प्रमाणित गरिरहेकी छिन् अभिनेत्री पि्रयंका चोपडाले ।

चोपडा आजभोलि फिल्म इन्डस्ट्रीमा सहकर्मीहरुसँग सम्बन्ध सुधार्नमा व्यस्त छिन् । शाहरुख खानसँग नजिकिएपछि चोपडासँग फिल्म उद्योगका धेरै मान्छे रिसाएका थिए । त्यसैले शाहरुखलाई लात मारेरै भएपनि रिसाएकालाई फकाउन तल्लिन छिन् चोपडा ।

शाहरुख सँग चोपडा नजिकिएपछि सबैभन्दा बढि रिसाउनेमा शाहरुखकी पत्नी गौरी खान नै थिइन् । यसका साथै विवाहित शाहरुख र अविवाहित चोपडाको हेलमेललाई धेरैले विभिन्न शंकाको दृष्टिले समेत हेरेका थिए । गौरीले त चोपडालाई कालोसूचिमा राखेकी थिइन् । सोही कारण फिल्म डन-२ को सक्सेस पार्टीमा गौरीले चोपडालाई निम्तो दिइनन् ।
त्यस्तै गौरीका मिल्ने साथी सुजैन रोशनले पनि अग्नीपथको सक्सेस पार्टीमा चोपडालाई बोलाएनन् । यस्तै सलमान खान, रणबीर कपूर, शाहिद कपूर तथा अक्षय कुमार पनि चोपडासँग टाढिँदै गएका थिए । यस्तो हुँदै जाँदा चोपडा एकप्रकारले बलिउडमा एक्लिँदै गएकी थिइन् । आफुलाई सबैले एक्लाउँदै गएपछि चोपडालाई चिन्ताले छोप्यो र रिसाएकालाई फकाउने जुक्ति निकाल्न थालिन् ।

बलिउडमा रिसाएकालाई फकाउने फर्मूला स्वरुप उनले शाहरुखको चित्त दुखाउँदै सलमान खानसँग नजिकिने निर्णय गरेकी छिन् । चीर सत्रु शाहरुख र सलमान बीचको द्धन्दको फाइदा उठाउँदै उनले सलमानलाई फकाउने कोसिसलाई तिब्रता दिइन् । रितेश देशमुखको बथै डे पार्टीमा चोपडाले आफै सलमान भाठौँ गएर कुराकानी गरिन् र सलमानसँग अंकमाल गरिन् । सलमानलाई पनि सत्रुको मान्छे आफुसँग मिल्न आएको देखेर खुसी लाग्यो र लामै समय चोपडासँग बात मारे । अहिले अर्को खबर आएको छ की सलमान र चोपडा अब एउटा फिल्ममा सँगै देखिँदैछन् रे । त्यस्तै पछिल्ला दिनमा चोपडा आमिर खानको टेलिभिजन शो को सेटमा पनि देखिन पुगिन् ।

चोपडाका पछिल्ला गतिविधि बलिउडमा चर्चाका विषय बनेका छन् । आफ्नी भनिएकी चोपडा पराइसँग नजिकिन थालेपछि शाहरुखलाई अवश्य पनि चित्त दुखेको होला तर उनले अहिलेसम्म मुख फोरेका छैनन् । आफुलाई लात मारेर चोपडा

सलमानको खेमामा जाँदा शाहरुखले के गर्ने हुन् हेर्न बाँकी छ । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out