३३ वर्षमा सबैभन्दा खुसियाली

काठमाडौ, चैत्र १८ - कुनै पनि व्यक्ति ३३ वर्षको उमेरमा बढी खुसी हुन्छन् । बेलायतमा गरिएको सर्वेक्षणमा यस्तै दाबी गरिएको छ । यो अध्ययनमा ४० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई सामेल गरिएको थियो । प्रत्येक १० व्यक्तिमध्ये सात जनाले उमेरको ३३ वर्षमा आफूहरू सबैभन्दा बढी सन्तुष्ट र खुसी रहेको जनाएका थिए ।
फ्रेन्ड रियुनिटको सर्वेक्षण अनुसार, ५३ प्रतिशत व्यक्तिले ३३ वर्षमा बिताएको समय अन्य उमेरको तुलनामा बढी सुखद रहेको बताएका थिए ।
४२ प्रतिशत व्यक्ति भविष्यलाई लिएर आशावादी देखिएका थिए भने ३८ प्रतिशतलाई जीवन तनावमुक्त लाग्ने गरेको थियो । यस्तै, ३१ प्रतिशतलाई ३३ वर्षको उमेरमा परिवार आफूसँग बढी निकट रहेको अनुभूतिसमेत भएको थियो ।
यो अध्ययनमा सामेलमध्ये ६ प्रतिशत व्यक्तिलाई भने कलेजमा पढ्दाताका आफू सबैभन्दा हषिर्त वातावरणमा रहेको अनुभव थियो । १६ प्रतिशतलाई बाल्यकालमा अत्यधिक खुसी भोगेको महसुस भएको थियो ।
सर्वेक्षण अनुसार, परिवार, साथी र बालबालिकाको साथ पाउनु जीवनका सबैभन्दा बढी खुसीहरूमध्ये एउटा हो । यस्तै, सर्वेक्षणमा सहभागी पाँच जनामध्ये एकले आफ्नो काममा सफलता पाएपछि पनि खुसी हुने गरेको बताएका थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out