स्वास्नी कुट्न सिकाउने किताब

किताब भनेको त ज्ञानगुनका कुरा सिकाउने माध्यम हो । तर संसारमा यस्ता किताब पनि छन् जसमा आफ्नी श्रीमतीलाई कसरी काबुमा राख्ने र भनेको नमानेमा कस्तो प्रकारको झापड दिने भन्ने कुरा पढ्न पाइन्छ ।

स्वास्नी कुट्न सिकाउने यस्तै विषय समेटिएको एउटा किताब अहिले चर्चा र विवादको विषय बनेको छ । इस्लामिक म्यारिज गाइड भनिने उक्त किताबले मुस्लिम पुरुषहरुलाई कसरी स्वास्नीलाई आफ्नो नियन्त्रण राख्ने र कुटपिट गर्ने भन्ने कुरा सिकाउँछ ।
मुस्लिम दम्पतिलाई एउटा उपहार शिर्षकको उक्त किताब १ सय ६० पेज मोटो छ । यो किताबमा लेखिएको छ ‘लोग्नेले आफ्नी स्वास्नीलाई हात वा लट्ठीले हिर्काउन सक्छ र स्वास्नीका कान निमोठ्न सक्छ ।’

साथै यो नितिशास्त्रको किताबमा महिलाहरुलाई उपदेश दिँदै उनीहरु लोग्नेको आज्ञा विना घरबाहिर निस्कन नहुने कुरा उल्लेख छ । ‘महिलाले लोग्नेका लागि आफुलाई सुन्दरी बनाउनुपर्छ र लोग्नेका इच्छाहरु पूरा गर्नुपर्छ’, किताबमा लेखिएको छ । यदि स्वास्नीले यसो गर्न नमानेमा लोग्नेले उसलाई काबुमा लिनको लागि बल र धम्कीको प्रयोग गर्न पाउने किताबमा लेखिएको छ ।

कट्टर इस्लामिक नीति अनुसार लेखिएको यो किताब इन्टरनेटमार्फत कारोबार गर्ने अनलाइन इ बे मार्फत बिक्रिमा राखिएको छ । साथै क्यानडाको टोरन्टोमा यो किताब खुलमखुल्ला बिक्रि भैरहेको छ । तर मुस्लिम बुद्धिजिवीहरुले भने यस्तो किताब बेच्नेलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन् । यसले लोग्ने मानिसलाई स्वास्नी कुट्न उक्साएको भनाइ बुद्धिजीवीहरुको छ ।

स्मरण रहोस् यो किताब भारतका मुस्लिम बुद्धिजीवी हजरत मौलाना असरफ अली थानवीद्धारा लेखिएकिो हो । थानवीको सन् १९४३ मा निधन भएको थियो । तर निकै विवादास्पद कुराहरु लेखिएका कारण यसको बिक्रिवितरणमा विभिन्न देशले रोक लगाउँदै आएका छन् । एजेन्सीको सहयोगमा

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out