चिनिया तन्नेरीमा बढ्दैछ सेक्सको भोक

चिनिया नागरिकहरुमा विवाहपूर्व नै यौन सम्पर्क स्थापित गर्ने प्रवृत्ति बढिरहेको छ । हालै भएको एक सर्वेक्षणले सयमा ७० जना चिनिया नागरिकले विवाह भन्दा अघि नै सेक्स गर्ने गरेको देखाउनुले चिनियाहरुमा सेक्स प्रतिको धैर्यता टुट्दै गएको प्रमाणित भएको हो ।

समाचार पत्र पिपुल्स डेलीका अनुसार विवाह अगाडि नै यौन सम्बन्ध कायम गर्ने युवाहरुको संख्या पछिल्लो २० वर्षमा झण्डै ३० प्रतिशतले बढेको छ । यौनविज्ञ ली यिन्हेले गरेको सर्वेक्षणका अनुसार विवाह भन्दा अगाडि नै सेक्स गर्ने मामिलामा महिला भन्दा पुरुष निकै अगाडि छन् । महिलाहरुले विवाह भन्दा अगाडि सेक्स गर्न उतिसारो रुची नदेखाउने र त्यस्तो खालको प्रस्तावको विरोध पनि बढि गर्ने गरेका छन् ।
तर प्रेमीको पटकपटकको आग्रहलाई नकार्न केटीहरु पनि असक्षम हुँदा विवाह अगाडि नै सेक्सका लागि बाध्य हुन्छन् ।

सर्वेक्षणका दौरान चीनका ३१ प्रान्तका १ हजार १३ जना मानिससँग प्रत्यक्ष रुपमा साक्षात्कार गरिएको थियो भने २० हजार मानिससँग इन्टरनेट मार्फत जानकारी लिइएको थियो । सर्वेक्षणमा सहभागी मध्ये ७० प्रतिशत मानिस २० देखि ३० वर्ष उमेर समूहका थिए जसमा ६४ प्रतिशत स्नातक उत्तीर्ण थिए ।

शोधकर्ताका अनुसार चिनिया युवाहरुमा यौनको विषयमा बढ्दै गएको खुल्लापनका कारण विवाह अघिको सेक्सको दर बढ्दै गएको हो । त्यस्तै विवाहका लागि तोकिएको कानुनी उमेरको हद पनि धेरै हुनाले पनि किशोर किशोरी तथा युवाहरु विवाह अघि नै सेक्स गरिसक्न भ्याउँछन् । चीनको कानुले पुरुषका लागि विवाहको उमेर २२ वर्ष र महिलाका लागि २० वर्ष तोकेको छ ।

सर्वेक्षणका अनुसार विवाहअघि यौनसम्बन्ध बनाएका मध्ये अधिकांसले आफुले पहिलो यौन सम्पर्क गर्नुअघि कुनैपनि यौनशिक्षा नपाएको बताए । ९ प्रतिशतले भने आफुले स्कुलमा यौन सम्बन्धका बारेमा जानकारी पाएको बताए भने जम्मा डेढ प्रतिशतले मात्र आफुलाई अभिभावकले यौनशिक्षा दिएको बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out