सनी अब रागिनी पनि

मुम्बई , वैशाख १० - रियालिटी टिभी शो 'बिग बोस ५' का लागि सदस्य बन्न गतवर्ष भारत आएपछि सनी लियोनको चर्चाले व्यापकता पायो । इटालीकी सनी पोर्न स्टार हुँदा हुँदै पनि एक पारिवारिक शोमा भाग लिनु नै चर्चाको कारण थियो । तीन दर्जन अश्लील फिल्ममा खेल्नुका साथै केहीमा निर्देशन समेत गरेकी सनीले बिग बोसमा भाग लिएर उपाधि त जित्न सकिनन् तर खाली हात पनि हुनु परेन । भारतमै रहेका बेला उनलाई महेश भट्टले आफ्नो फिल्म 'जिस्म २' मा ब्रेक दिए ।

कामुक फिल्म बनाउन खप्पिस भट्ट क्याम्पमा छिरेकी सनीले बलिउडलाई नै बदनाम गराउनेमा धेरैले आलोचना पनि नगरेका होइनन् । तर व्यावसायिकताकी पक्का ३० वर्षीया सनीले भट्टको निर्णयलाई अप्ठ्यारो पर्ने गरी कुनै पनि अश्लील हर्कत भने गरेकी छैनन् । सार्वजनिक समारोहमा सारी लगाएर सहभागी हुँदा होस् वा आइन्दा पोर्न फिल्म नखेल्ने बताएर उनले आफू सुधि्रन चाहेको छनक पनि दिइरहेकी छन् ।

सुन्दर अनुहार भएकी उनलाई म्याक्सिम म्यागजिनले गत वर्षको उत्कृष्ट १२ पोर्न स्टारमा छानेको थियो । तर सनी भने तत्कालका लागि बलिउडका मूलधारको फिल्ममा व्यस्त हुन थालेकी छन् । फाट्टफुट्ट विज्ञापनमा समेत देखिन थालेकी उनले 'जिस्म २' मा खेल्दै गर्दा अर्को फिल्म पनि पाएकी छन् । 'रागिनी एमएमएस' को सफलतापछि निर्माता एकता कपुरले यसको सिक्वेलमा सनीलाई खेलाउने भएकी छन् ।स्क्रिप्ट लेखनको चरणमा रहेको फिल्मको छायांकन वर्षको अन्त्यतिर मात्रै सुरु हुने बताइएको छ । सानो बजेटमा बनाएर पनि धेरै कमाइ गरेको 'रागिनी एमएमएस' भन्दा सिक्वेलको लगानी बढी हुने बताइएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out