भिडामिन डी को कमीले डिप्रेसन गराउँछ

डिप्रेसन केबल मनोरोग मात्र होइन । प्याराथाइर्वाइड हर्मोनको गडबडी तथा भिटामिन बी-१२ को कमी पनि डिप्रेसनका लागि जिम्मेवार छन् । तर पछिल्लो अध्ययनले के देखाएको छ भने भिडामिन डी को कमी पनि डिप्रेसनको कारण बन्न सक्छ ।
वैज्ञानिकहरुका अनुसार अनुसन्धानबाट यो प्रमाणित भएको छ की भिटामिन डी को कमीले डिप्रेशन हुनसक्छ र डिप्रेसन भैसकेको मान्छे भएमा भिटामिन डी को कमी हुँदा समस्या अझै चर्को बन्नजान्छ ।
अमेरिकाको युनभर्सिटी अफ टेक्सास का वैज्ञानिकहरुले करीब पाँच वर्ष लगाएर गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष निकालेका हुन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा अहिले डेढ अर्ब भन्दा बढि मानिस डिप्रेशनको सिकार छन् । बढ्दो तनाव तथा प्रतिस्पर्धाका कारण विश्वमा डिप्रेसनका रोगीको संख्या बढ्दै गएको छ ।

के के मा पाइन्छ भिटामिन डी ?

भिटामिन डी हड्डीलाई स्वस्थ र बलियो बनाउन अत्यावश्यक रहेको कुरा त हामीलाई थाहै थियो । तर भिटामिन डी को कमीले डिप्रेसन गराउँछ भन्ने कुरा बल्ल थाहा पाइएको छ । त्यसैले अब पर्याप्त भिटामिन डी युक्त खानेकुरा खाएर डिप्रेसनको खतरा टार्नतर्फ लाग्नु उपयुक्त हुन्छ । वास्तवमा भिटामिन डी को सबैभन्दा राम्रो तथा प्राकृतिक श्रोत भनेको सूर्यको किरण नै हो । यसको साथै कलेजोको तेल, अण्डा, माछा, दूध तथा दुग्धजन्य पदार्थमा भिटामिन डी पाइन्छ ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out