वैवाहिक जीवनलाई सुखमय बनाउन ध्यान दिनुपर्ने कुराहरु

आपसी सम्बन्ध वा वैवाहिक जीवनलाई सुखमय तथा सफल बनाउने चाहना सबै जोडीको हुन्छ । तर हरेक जोडीले चाहेका यो चाहना पुरा गर्न सकेको हुदैन । वैवाहिक सम्बन्ध अर्थात दाम्पत्य जीवनलाई प्रेममय र सुखद बनाउनको लागि जोडिहरु सधै तत्पर रहेका हुन्छन् । कुनै पनि सम्बन्धको टिक्नको लागि तीन कुरा सबैभन्दा बढी महत्वपूर्ण हुने गर्दछ । प्रेम, विश्वास र आपसी समझदारी यी तीनै कुराबाट सम्बन्धको आयु तथा निर्माण टिटेको हुन्छ । आफ्नो सम्बन्धलाई सुखद बनाउनको लागि केहि कुराहरुमा श्रीमान्–श्रीमतीले ध्यान दिनु पर्दछ ।

प्रेम अभिव्यक्त गर्नु

आफ्नो पार्टनरलाई खाली माया गरेर मात्र हुदैन, त्यसलाई अभिव्यक्त गर्न जान्नु पनि आवश्यक पर्ने गर्छ सम्बन्धलाई सुखदमय बनाउनको लागि । पार्टनरले आफ्नो आँखाको भावलाई बुझ्ने वा आफ्नो मौनलाई बुझ्छ भन्ने छैन । त्यसैले आफ्नो अभिव्यक्ति पनि स्वस्फूत ढगंमा राख्न सक्नु पर्दछ । आफूले प्रेम गरेको मान्छेलाई त्यसको अनुभूति दिलाउनु पनि त्यति नै जरुरी हुन्छ । आफ्नो लागि उ कतिको विशेष छ त्यसको अनुभूति आफ्नो पार्टनरलाई दिलाउनु पर्दछ । बारम्बार आइ लभ यू भन्दा अनौठो लागेपछि पनि यसले सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्दछ । आफ्नो सम्बन्धमा ताजापन कायम राख्नको लागि जति व्यस्त भए पन रोमान्टिक कुराकानीको लागि एक अर्काले केही समय निकाल्नु पर्छ ।

 जे जस्तो अवस्था पनि साथ दिनु

जीवनमा उतार चढाव सधै नै आइरहेको हुन्छ । यो जीवनको एउटा सत्यता पनि हो । आफ्नो जीवनसाथीको जीवनमा आउने कुनै उत्तारचढावमा सधै साथ दिनु पर्दछ । विवाह खाली राम्रो र सुखद स्थितिमा मात्र साथ निर्वाह गर्नु भन्ने होइन । हरेक परिस्थितिमा आफ्नो पार्टनरको साथ दिनु नै आपसी सम्बन्धको सफलताको आधार हो । कठिनाइको स्थितिमा डराउनुको साटो कठिनाइको सामना मिलेर गर्नाले सम्बन्धलाई अझ दरिलो बनाउँदछ । आफ्नो वैवाहिक सम्बन्धलाई यति दरिलो बनाउनु पर्छ कि जसलाई पैसा, काम, स्वास्थ्य जस्ता कुराले प्रभावित नगरोस् ।


तुलना नगर्नु

आफ्नो वरपरका धनी, खुसी र सेक्सी जोडीसँग आफ्नो जोडीको तुलना कहिले गर्नु हुदैन । अरुसँग तुलना गरेर केहि प्राप्त हुने छैन । अरुसँग आफ्नो जोडीको तुलना गरेर समय खेर फाल्नुको साटो आफ्नो जीवनलाई सजाउने, सुद्धढ पार्ने र खुसी बनाउनको लागि समय खर्चिनु उपयुक्त हुन्छ । जसले आफ्नो वैवाहिक जीवनमा सुधार ल्याउन मद्दत गर्दछ ।



विवाहलाई प्राथमिकता दिनु

विवापछि अनेकौं सम्बन्धसँग परिचय हुन्छ । तर पनि जीवनभर कायम रहने सम्बन्ध भनेको श्रीमान् श्रीमतीका हो । समयसँगै कतिपय आफन्तहरु पनि टाढिदै जान्दछन् । बालबालिका ठूला भएपछि करियरका लागि घरबाट टाढिदै जान्छन् तर आफ्नो पार्टनर सधै आफ्नो साथमा नै रहन्छन् । त्यसैले यो विवाहको सम्बन्धलाई प्राथमिकता दिनु जरुरी छ ।



विगतका कुरालाई बिर्सनु उचित

विवाहपूर्व कसैसित सम्बन्ध थियो भने पनि यस्ता क्षणलाई बिर्सेर अगाडि बढ्नु नै उचित रहन्छ । वितेका नविर्सेको खण्डमा आफ्नो पार्टनरलाई शतप्रतिशत अटेन्सन र प्रेम दिन गाह्रो हुन्छ । कहिले पनि आफ्नो पूर्व साथीसँग आफ्नो पार्टनरलाई तुलना गर्नु हुँदैन । सम्बन्धको सफलताको लागि पार्टनर प्रटि इमान्दार हुनु पनि अति नै आवश्यक
हुन्छ

पर्सनल स्पेस दिनुपर्ने

श्रीमान श्रीमतीका रुपमा मात्र नभई आफ्नो अलग पहिचान पनि हुनुपर्छ र त्यसलाई सधै कायम राख्नु पनि अत्यन्त जरुरी छ । आफ्नो चाहनाको कुरामा स्वयंलाई व्यस्त राख्नुपर्छ । साथीभाइसँग घुमफिर आदी गर्नु पनि आवश्यक पर्दछ । विवाहित भएकाले पार्टनरप्रति आफ्नो जिम्मेवारी रहेको कुरा प्रति सजग हुनुपर्दछ । वैवाहिक सम्बन्धको सफलताका लागि पर्सनल स्पेस र सन्तुलन कायम राख्नु पनि जरुरी हुन्छ ।


स्वयंलाई प्रेम गर्ने

जसले आफूलाई प्रेम गर्न सक्दैन उसले अरुलाई पनि प्रेम गर्दैन । स्वस्थ सम्बन्धको लागि आत्मविश्वास र आत्मसंयम पनि त्यति नै रुपमा जरुरी रहेको हुन्छ । यो कुरा तब मात्र सम्भव हुन्छ जब स्वयंसित प्रेम गरिन्छ । यसले गर्दा पार्टनरसित रमाइलो गर्न सकिन्छ र जीवनमा खुसी छाउँछ ।


बहसलाई समान्य रुपमा लिनु
हरेक व्यक्तिको आफ्नो अलग सोचाइ हुन्छ । दुवै पार्टनरको सोचाइ मिल्नु पर्छ भन्ने छैन । यस्ता कुरामा बहस हुनु सामान्य कुरा हो । यस्ता बहसलाई चालु राख्नु पर्दछ । जसले गर्दा दुवै पार्टनरले एक अर्काको सोच, स्ट्रेन्थ र भावनालाई बुझ्न सजिलो हुन्छ । यस्ता वहसलाई झगडा रुपमा लिनु हुँदैन । यदि बहस विवादमा परिणत भएमा संयमता अपनाउनुपर्दछ र दुई मध्ये एक शान्त हुनुपर्दछ । जसले समस्यालाई नियन्त्रण गर्न सजिलो पर्दछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out