नेपाल ग्याँसमा पसे प्रचण्ड पुत्र

काठमाडौं। राप्रपाका अध्यक्ष पशुपतिशम्सेर जबराले संचालन गदै आएको नेपाल ग्याँसमा माओवादीका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको पनि गोप्यरुपमा लगानी रहेको थाहा भएको छ।  नेपाल ग्याँसमा ह्याचरी र पोल्टिफार्म संचालन गरेर नाम कमाएको कम्पनी निम्सका संचालक आनन्द बोगडीयाको ५० प्रतिशत शेयर रहेको छ भने  चितवनकै धनी ब्यापारी गुणचन्द्र विष्टको २५ प्रतिशत शेयर रहेको छ। ८० करोडमा खरिद गरिएको उक्त कम्पनीको २५ प्रतिशत शेयरका गोप्य लगानीकर्ता भने प्रकाश दाहाल भएको स्रोतको दावी छ। आनन्द बोगडीयाको समुहले तत्काल ८० करोड पशुतिशम्सेर  जबरालाई दिन नसकेपछि नयाँ पार्टनरका रुपमा प्रकाश दाहालको खोजी भएको थियो।  प्रचण्डका अबैध रुपैयाँका लेखापाल अजयराज सुमार्गीमार्फत २५ प्रतिशत शेयरबापतको रकम नेपाल ग्याँसमा लगानी भएको स्रोत बताउँछ। नेपालभर हाचरी दानाको सप्लाई गदै आएको आनन्द बोगडीयाको निम्स कम्पनीले ब्यापक राजश्व छलि समेत गदै आएको छ। दैनिक पत्रपत्रिकालाई आकर्षक विज्ञापन दिएर उनले आफ्नो कमजोरीको ढाकछोप गरिरहेका छन्। चितवन जिल्लाकै धनि ब्यत्तिका रुपमा चिनिएका गुणचन्द्र विष्ट, प्रचण्ड पुत्र प्रकाश र आनन्द बोगडीयाका गठबन्धनले कहिलेसम्म पूर्णता पाउने हो त्यो भने बाँकी नै छ। लडाकुको ३ अर्ब भष्टाचार र प्रचण्डको लाजिम्पाटस्थित केही महिना पहिले खरिद भएको महलको आयस्रोत खोजि भइरहेका बेला फेरी प्रचण्ड पुत्र प्रकाशले नेपाल ग्याँसमा लगानी गरेको सार्वजनिक भएपछि सर्वाहारा बर्गको पार्टीमा रडाको मच्चिने निश्चित छ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out