चक्कर चलेपछि पारसलाई वैंककमा पीडा

३ जेठ, काठमाण्डौ । ६ महिनाअघि सिंगापुरबाट वैंकक बसाई सरेका पूर्व युवराज पारस साह यतिबेला वैंककमा संकट भोगिरहेका छन् । पत्नी हिमानीसँग त सुरुदेखि नै सुमधुर सम्बन्ध थिएन नै, पछिल्लो समयमा परिवारका अन्य सदस्यसँग पनि सम्बन्ध चिसिएपछि पारस समस्यामा परेका छन् ।

सम्बन्ध चिसिनुको कारण चाहिं उनको उही पुरानै बानी अर्थात केटी र खर्च गर्ने बानी नै हो । आफ्ना तीन जना बच्चा संगै लिएर फ्लाटमा वसिरहेका पारस यतिबेला एक थाई युवतीको प्रेम चक्करमा परेको पूर्व राजपरिवारको आशंका छ । बिदेशको बास त्यसमाथि केटीको चक्कर । पारसलाई अहिले ठूलै आर्थिक संकट परिरहेको आजको जनआस्था साप्ताहिकले छापेको छ । खर्चिलो स्वभावका उनी यहाँबाट तोकेर पठाएको पैसाका भरमा चल्नुपर्ने भएपछि समस्यामा परेका हुन् ।

यहाँबाट परिवारले पठाइदिने खर्चका अलावा काका धीरेन्द्रकी छोरीहरु र नातेदार डा राजिव शाहीले पनि खर्चमा सहयोग गर्दै आएका छन् । तर उनलाई खर्च धान्न निकै गाह्रो परेका कारण अहिले उनी परिवारका सदस्यको सम्र्पकमा समेत नरहेको वताइएको छ ।

यसैवीच पूर्व राजा ज्ञानेन्द्रले पनि उनलाई केही समय नेपाल नआउन सन्देश पठाइका छन् । अहिलेको परिस्थीतिमा नेपाल आएर केही उपद्रो गर्ला र समस्या पर्ला भनेर शाहले उनलाई नेपाल नआउने भनेको बताइएको छ । तर पारस भने बाउको आदेश मानेर हैन, आफ्नै चक्कर र समस्याले वैंककमा भौंतारिहइरहेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out